Logo

घुसेलमा पहिरो, १ को मृत्यु


लपु संवाददाता
१७ भदौ ०७६, ललितपुर । घुसेलमा बागमती गाउँपालिका–१ घुसेलमा पहिरो गएको छ । पहिरो जाने क्रममा सडक पार गर्दै गरेका गोदावरी नगरपालिका–७ देवीचौरका १६ वर्षीय दिपेश मार्पालाई ढुंगाले लागेर मंगलबार मृत्यु भएको हो ।
प्हिरो जाँदा ढुंगाले लागेपछि मार्फालाई उपचारार्थ आनन्द वन लगिएको थियो । आनन्दवनले पाटन अस्पताल रिफर गरेपछि उनलाई पाटन गगिएको र उनको मृत्यु भएको महनगरिय प्रहरी वृत्त चापागाँउले वताएको छ ।
प्रहरीका अनुसार घटनाको जानकारी ढिलो गरि आएकोले मार्फाको मृत्युबारे प्रहरीसँग विस्तृत विवरण छैन ।

प्रतिक्रिया दिनुहोस्