Logo

सिरहामा बस दुर्घटनामा ९ घाईते

महेश सिंह

२३ भदौ, सिरहा  । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ यात्रु घाईते भएका छन् । तीमध्ये दुर्घटनामा दुई जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ ।
नाम खुल्न नसकेको ती दुवैको टाउको र छातीमा गम्भिर चोट लागेको प्रारम्भिक जानकारी दिइएको छ । घाईते भएका यात्रुहरुको स्थानीय विभिन्न अस्पताल तथा क्लीनिकहरुमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको परयागपुरस्थित यात्रुवाहक बस दुर्घटना भएको हो । पूर्व पश्चिमअन्र्तगत काँकभिट्टाबाट काठमान्डौं जादै गरेको ना ५ ख ५२३४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । काठमान्डौं जादै गरेको शुभ बिहानी यातयात दुर्घटनामा परेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्