Logo

यसरी हुन्छ इन्द्रजात्राका खर्च व्यवस्थापन

२४ भदौं ०७६, काठमाडौं । राजधानी काठमाडौंमा शुरु भएको इन्द्रजात्रा पर्व कसरी चल्छ भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ । इन्द्रजात्रा पर्व मनाउन नेपाल सरकारले मन्त्रीपरिषद्को बठकबाट २०७६ भदौं २२ गते अक्षयकोष बनाउने निर्णय अनुसार रु ५ करोडको अक्षयकोष बनाइएको छ । यही अक्षयकोषबाट इन्द्रजात्रा पर्वका लागि सरसामल किन्ने गरिन्छ ।
यो अक्षयकोषमा नेपाल सरकारबाट रु. १ करोड ५० लाख, प्रदेश सरकार (३ नं.) बाट रु. १ करोड, काठमाण्डौ महागरपालिकाबाट रु. २ करोड र गुठी संस्थानबाट रु. ५० लाख रकम जम्मा गरिएको छ । यही अक्षयकोषमा जम्मा भएको पैसाबाट आउने व्याजले इन्द्रजात्रा पर्व मनाउने गरिएको छ ।
इन्द्रजात्रा पर्व मनाउनका लागि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा समिती बनाइएको छ । यही समितीले इन्द्रजात्राको व्यवस्थापन गर्ने गर्दछ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव तथा प्रवक्ता घनश्याम उध्यायायका अनुसार इन्द्रजात्राको संचालन सम्बन्धी कार्यविधि काठमाण्डौ महानगरपालिकाले नै निर्धारण भए बमोजिम हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्