Logo

‘दक्षिण ललितपुरका व्यावसायीलाई समेट्छौं’

पुष्परत्न शाक्य । ललितपुरका पुराना व्यावसायी हुन् । उनको नेतृत्वमा भर्खरै ललितपुर चेम्बर अफ कमर्स गठन भएको छ । शाक्य बौद्ध विहार संघ ललितपुर र कुमारी पाटी चेम्बर अफ कर्मसका पनि उनी अध्यक्ष हुन् । उनै शाक्यसँग ललितपुर चेम्बर अफ कमर्सको गठनको औचित्यका सन्र्दभमा कुराकानी गरेका छौं ।
ललितपुर चेम्बर अफ कर्मसको आवश्यकत्ता आज आएर किन महसुस भयो ?
म २०३३ सालमै ललितपुर उद्योग बाणिज्य संघमा रहेर काम गरेको व्यावसायी हुँ । ललितपुरको विकाश तिव्र गतिमा भइरहेको छ । बदलिदो परिस्थितीमा ललितपुरमै ३ वटा नगरपालिका भइसके । अरु ३ वटा गाँउपालिका पनि विकाशको संघारमा छन् । विकाशपछि ललितपुरमा उद्योग व्यापारको क्षेत्र फराकिलो भएको छ । लोकतान्त्रिक व्यवस्थापछि उद्यमशिलताको विकाश पनि राम्रो भइरहेको छ । पहिले झण्डै सयको संख्यामा उद्यमी थिए । तर अहिले हजारौंको संख्यामा व्यावसायीहरु जन्मेका छन् । यहाँका स–साना उद्यम गरेर बसेका व्यावसायीहरुलाई समेट्न चेम्बर अफ कर्मसको आवश्यकत्ता महसुस गरेर नै हामीले भर्खर यो संस्था शुरु गरेका हौं ।
नयाँ संगठन गठन भएको छ । सदस्यता कसरी वितरण गर्नु हुन्छ ?
हामी गाँउ र शहरका विभिन्न भ्ुभागमा चेम्बर अफ कमर्सको शाखा खोल्दै जाने छौं । गाँउपालिका र नगरपालिकामा कमिटी र कार्यसमिती खडा हुन्छ । हामी सबै समुदाय,वर्ग जात क्षेत्र भूगोग समेट्ने हाम्रो लक्ष्य छ । केही समय अघिसम्म उद्योगी व्यापारी भन्ना साथ पाटनलाई मात्रै सम्झने र त्यसरी नै संगठन बन्ने गर्थो । अब ललितपुरका नेवारी समुदाय मात्रै रहेन । हामी नेवारी जात भन्दा बाहिरका तामाङ्ग,क्षेत्री, बाउनलगायतका सबैलाई समेट्नेछौं । महिला सहभागिता बढाएर जानेछौं । दक्षिण ललितपुर, ललितपुरको काँठलगायत सबै भूगोललाई समेटेर जानेछौं ।
व्यापारी र उद्यामीका सरोकारका विषयमा हामी बोल्छौ । उनीहरको हक हितका सवालमा हामी काम गछौं ।


केही समयअघिसम्म उद्योगी व्यापारी भन्नासाथ नेवारी समुदायको नाम आउथ्यो तर अव व्यावसायीहरु अन्य समुदायबाट पनि अघि आएका छन् । तर संघ संगठनमा भने अघि बढेको देखिएन । चेम्बर्स अफ कमर्समा व्यावसायीहरुको प्रतिनिधित्व कसरी हुन्छ ? 
पहिले नेवारी समुदाय मात्रै व्यापार व्यावसायमा संलग्न थिए । त्यही कारणले नै त्यसो हुन गएको हो । पाटनमा शाक्य बज्राचार्यहरुले मात्रै हस्तकलाको काम गर्दै आएका थिए । तर यो अवस्था रहेन । हस्तकलाको काम तामाङ्ग,ब्राम्हणहरुले समेत गरिरहेका छन् । उद्यम व्यावसायमा पनि जातीगत अवस्था छैन ।
हामीले चेम्बर अफ कमर्सको कार्य समितीमा सबैको प्रतिनिधित्व हुने गरी गठन गरेका छौं । महिलाको प्रतिनिधित्व सुनिश्चित गरेका छौं । अझैं पनि संगठनमा प्रतिनिधित्व गर्ने अन्य पदहरुमा मिलाएर लैजाने योजना छ ।
ललितपुरमा उद्योग वाण्ज्यि संघ यद्यपी छ । यो संगठन हुँदा हुँदै फरि चेम्बर अफ कर्मसको गठन भयो के यो प्रतिश्पर्धी संगठन हो ?
हामी कसैका प्रतिपर्धी होइनौ । हामी सबै उद्योगी व्यावसायी मिलेरै काम गर्न चाहन्छौं । हाम्रो उद्देश्य व्यावसायीहरुको हक हितमा लड्नु हो । व्यापारीहरुको सुरक्षा र प्रतिष्ठा प्रबद्र्धन गर्नु हो । ललितपुरमा व्यापार व्यावसाय प्रबद्र्धन गर्नु हो । उद्योग बाणिज्य संघ पनि हाम्रै संगठन हो । हामी नै यस संगठनमा बसेर काम गरिरहेका छौं ।
दक्षिण ललितपुर विकाशको हिसावले पछाडि परेको छ । तर पनि यहाँ स–साना व्यावसाय गरेर बसेका व्यापारीहरु छन् । यो भूगोललाई कसरी समेटनु हुन्छ ?
हाम्रो लक्ष्य साना व्यावसायीलाई अघि बढाएर लैजाने हुँदा दुर्गम भेगमा रहेको दक्षिण ललितपुरलाई समेत समेट्ने लक्ष्य छ । गाँउपालिकास्तरमा गठन हुने चेम्बर अफ कमर्सको शाखामा गाँउका व्यावसायीहरुलाई समेट्नेछौं । ललितपुरको गोटिखेल,भट्टेडाँडा र नल्लु भारदेउ क्षेत्रका वयावसायीलाई हामी समेटेर लौजान्छौं ।
हाम्री देश भरका ७२ बटा जिल्लाका चेम्बर अफ कर्मससँग आवद्ध छौं । देशका चेम्बर अभियानमा ६८ वटा एमएयु छ । हामी देशभरका व्यावसायीहरुसँग सहकार्य गर्न र विभिन्न अवसरहरु साटासाट गर्नेछौं । उद्यमशिलतालाई विकाश गर्नेतर्फ अघि बढ्नेछौं ।
ललितपुरको ८० प्रतिशत भूभागमा ललिापुरका उद्यम व्यावसायीहरुको खास प्रभावमा छैन । काँठ क्षेत्र गोदावरी लूभू चापागाँउ,लेले र दुर्गम दक्षिण ललितपुरलाई समेट्ने के कस्ता योजना छन् ?


हामी अहिले प्रारम्भिक चरणमा छौं । गएको साउनमा मात्रै हाम्रो संगठन दर्ता भयो । केही दिन अघि मात्रै कार्यालय स्थापना गरेका छौ । सबैभन्दा पहिले हामी योजना बनाउनमै लाग्नेछौं । दक्षिण ललितपुरका गोटिखेल,भट्टेडाँडा गएर स्थानीय व्यावसायीहरुसँग छलफल गरेर के कस्तो रुपमा काम गर्न सकिन्छ सल्लाह गर्नेछौं । लूभूलामाटार,गोदावरी र चापागाँउका व्यावसायीसँग छलफल र चेम्बरको शाखा स्थापनापछि आवश्यकत्ता र चौचित्यका आधारमा योजना बन्ने छन् ।
सरकारले कर बढाएर उद्यमीलाई अप्ठयारो पारेको आरोप छ । ललितपुरको अवस्था कस्तो छ ?
देशमा नयाँ संरचना आएपछि कर बढेको पक्कै हो । तर कर तिरेपछि व्यापारीले के सुविधिा पायो भन्ने हो । व्यापारीहरुले कर तिरेर के पाए भन्ने सवाल महत्वपूर्ण छ । राज्यले कर तिर्ने व्यापारीलाई जीवनको उत्तरार्धमा सुविधा दिनु पर्छ । बुढो भए पछि व्यापारी पसलमा बस्न सक्दैन । ग्राहकले नै पत्याउदैनन् । त्यसैले व्यापारीलाई सरकारले इन्सुरेन्स, उपचारमा सघाउनु पर्छ ।
सरकारले कर्मचारीहरुको तलव बढाउनासाथ व्यापारीले बजारभाउ बढाए भन्ने आरोप छ नि ?
सरकारले कर्मचारीको तलव बढाउनुभन्दा पनि बजार भाउ नियन्त्रण गर्नतर्फ लाग्नु पर्ने हो । सरकारले भन्सार कर बढाएर तलव बढाउछ । तर कर वा भन्सार घढाएर जनतालाई सुविधा दिने हो र बजार भाउ नियन्त्रण गर्ने हो भने बजार भाउ बढ्दैन । सरकार नै उल्टो बाटोमा हिडेको छ । बजार भाउ बढाउने त व्यापारी होइनन् । सरकार हो । भन्सार बढेपछि कर बढेपछि बजार भाउ घट्दैन । बढ्छ । बरु सरकारले अनुगमन गरेर बजार नियन्त्रण गरे हुन्छ । खराब व्यापारीलाई कारवाही गरे हाम्रे गुनासो छैन ।
हामी दशैं तिहारलगायतका चाडपर्वको संघारमा छौं । यही चाडपर्वको मौका पारेर व्यापारीले बजार भाउ बढाए भनेर सरकारले अनुगमन तिब्र पार्छ । अनुगमनले व्यापारी त्रसित भए भन्ने गुनासो व्यापारीहरुको सुनिन्छ । सरकारले अनुगमन गर्दा त्यस्तो त्रास के भयो ?
सरकारले अनुगमन दशैं र तिहारमा मात्रै किन अनुगमन गर्नु परेको बाह्रै महिना अनुगमन किन हुदैन । अनुगमन गर्ने भए सरकारी अधिकारीहरु एक दुई जान आए भइहाल्यो नि । २०÷३० जनाको समूह व्यापारीक प्रतिष्ठानमा हुल पसेर अनुगमन गर्नु भएन । पुलिस को हुल बाँधेर किन अनुगमन गर्नु प¥यो र । व्यापारीले गल्ती नै गरेको भए राम्रो सम्झाउनु राम्रो हुन्छ । यसरी अनुगमन गर्दा व्यापारहिरु सटर बन्द गर्न थाल्छन् ।
ललितपुरमा व्यापारको अवस्था कस्तो छ ? व्यापार व्यावसायमा स्वच्छता कस्तो छ ?
काठमाडौं, ललितपुर र भक्तपुरभन्दा यहाँ सामान सस्तो छ । यहाँ भाडा पनि उती साह्रो महगो छैन । यहाँ गुणस्तरिय सामान पनि छ । अहिलेसम्म अनुगमन गर्दा पक्राउ गरेको त्यति देखिदैन ।
भावी योजना के छ?
हामी ललितपुर उद्योग वाणिज्य संघ मिलेर काम गछौं । संग संगै काम गछौ । उहाँहरुले बोलाएको ठाँउमा हामी जान्छौं । बोलाए जान्छौं पनि । हामी सम्पदा पदयात्रा गर्न लागेका छौं ।
शहरमा फोहोर बढेको र सडक हिलाम्मे छ । व्यापारहिरुलाई वयावसाय गर्ने वातावरण छैन । तपाईहरुको तर्फबाट स्थानीय केन्द्र सरकारसँग कुनै पहल गरेर व्यापारमा बाधा पुग्ने संरचना बनाउन हुनै पहल गर्नु भएको छैन ?
हामी नेपालीहरुलाई फोहोर संरचनामा बस्ने बानी परिरहेको छ । हामी नगरपालिका गाँउपालिकासँग कुरा गरेर व्यापारीलाई बाधा पुग्ने यी संरचना निर्माणको पहल गछौं ।

प्रतिक्रिया दिनुहोस्