Logo

खै त विकाश नेता ज्यू ?

नेपाली टाइम्स

 

मिसन शर्मा
दश बर्षे जनयुद्धको पछि दोश्रो संविधानसभाले बनाएकोे नयाँ संविधानले परिकल्पना गरे अनुरुप देशको पुर्नसंरचना भयो । देशमा ६ सय ५३ वटा स्थानीय तह बन्न पुग्यो । २०७४ बैशाख ३१ गते भएको निर्वाचनले वर्षैपछि स्थानीय तहमा जानप्रतिनिधि आए ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाँउ गाँउमा विकाशको मुल फुट्ने अपेक्षा थियो । तत्कालीन माओवादीले आफ्नो नेतृत्वमा नयाँ नेपाल बनाउन चाहेको भाषण सुनेका धेरै जनतामा केही हुने अपेक्षा बढ्नु स्वभाविक नै हो ।
आज २ वर्ष ६ महिना पुरा भयो । अथात् आधा समय सकियो । यो आधा समयमा के भयो ? आउनुस् विश्लेषण गरौं ।
आज स्थानीय तहमा करोडौंको बजेट आउन थालेको छ । कतिपय नगर महानगर अरवौंको बजेट खेलाउछन् । तर सडक,ढल खानेपानीजस्ता समस्या भने उस्तै देखिन्छन् ।
गाँउ गाँउमा मेयर कप फुटवल हुन थालेको छ । वडाध्यक्ष कपको प्रमुख अतिथिको आसन ग्रहण त वडाध्यक्षले नै गर्न थालेका छन् । भाषणवाजीमा उही सुशी नेपाली, समृद्ध नेपाल मिसिने भइ नै हाल्यो । विकाशको मुल फुटाईदिने आस्वाशन नेताले गाँउ गाँउमा बाँडिरहेकै छन् ।
तर जनजीविकाका सवाल उस्तै छन् । सरकारी कार्यालयमा ढिलासुस्ती बढ्दो छ । भष्ट्राचार मौलाएको छ ।
आज स्थानीय तहमा नेकपाको मात्रै सरकार छैन । स्थानीय तहमा नेपाली काँगे्रस,फोरम,राजपालगायत सबैले सरकार बनाएका छन् । केन्द्रलाई गाली गरेर नथाक्ने नेपाली काँग्रेस,राजपालगायत दलले बनाएको सरकारले गाँउमा विकाशको मुल फुटायो त ? यो जायज प्रश्नको जवाफ कसैसँग छैन ।
स्थानीय निकायको पुर्नसंरचनाताका एउटा नारा खुबै सुनियो । गाँउ गाँउमा सिंहदरवार । तर आउ गाँउ गाँउमा सिंहदरवार होइन सिंहदरवारको विकृत मानोदशा गाँउ पसेको छ । गाँउघरतिर भष्ट्राचारी बग्रेल्ती देसिन थालेका छन् ।
विकाशको मुल फुटाउने क्रममा वडाध्यक्ष,वडासदस्यको स्वामित्वमा आफेनो पैसा हालेर डोजर किनेका छन् । गाँउ पालिका नगरपालिकाको बजेट उनै वडाध्यक्ष महोदयले बिल मिलाउने हुन् ।
हरेक गाँउमा बाटो आवश्यक हो की होइन कुनै मतलव छैन । एउटा मात्रै घर भएको डाँडामा पनि बाटो पु¥याउनै परेको छ । आफ्नाहरुको डोजरलाई चारो खुवाउनै परेको छ । आज स्थानीय निकायमा रहेका क्रसर,वालुवा खानी, ढुंगा खानी उनै कार्यकर्ताको हालिमुहाली छ। नगरपालिका, गाँउपालिका र वडा कार्यालयतिर दाजु भाई भाञ्जा भाञ्जी कर्मचारी भएर निस्केका छन् । नियम वितरित कतिपय कर्मचारी भर्ना गरिएको छ ।
स्थानीय सडकहरुका हालत पनि उस्तै छ । धेरै सडकमा ड्रेन छैन । शहरका स्थानीय निकायहरुले स्थानीय सडक स्तोन्नती गरेको देखिदैन गाँउगाँउमा डोजर त नाचे होलान् । हरेक पहिरो एकै दिन पञ्छिए होलान् । तर खै त देखाउन लायक काम खै ? आज आधा समय विति सक्यो भोलि छोडेर जाँदा मैले यो गरे भनेर देखाउने के ? शायद,स्थानीय नेतासँग यसको कुनै जवाफ छैन ।
त्यो बेला खै छ विकाश नेताज्यू भनेर सोध्दा यो गरे भनेर देखाउन सक्ने योग्यता बनाउनेहरुलाई फेरि चुनाव जित्न कुनै कठिनाई हुँदैन, शायद ।
आजकल गाँउ–गाँउमा सिंहदरवारको विकृति फैलिरहेको भान हुन्छ । हरेक जसो स्थानिय निकायमा भत्तामुखी बैठक,गोष्ठी र सेमिनार भइरहन्छन् । जनताबाट उठाइएको चर्को शुल्कबाट अवलोकन भ्रमणदेखि दर्जन पल्टसम्म विदेश शयर गर्ने प्रवृत्ति छ ।
कतिपय वडाध्यक्ष कार चढ्ने हसियतका छन् । यो हैसियत कसरी बन्यो ? एउटा जनप्रतिनिधिले पदीय दुरुपयोग गरेर व्यावसाय प्रबद्र्धन गरिरहेको जनता टुलुटुलु हेरिरहेको छ । बोल्ने कोही छैन । बोलोस् पनि कसरी स्थानीय जनप्रतिनिधिको विरोधमा बोले भोलि प्रशासनको काम गर्दा उसैलाई गुर्हानु पर्छ । स्वार्थपूर्ण गठजोडले चलिरहेको स्थानीय शासनमा धेरै तिक्ड्म चल्छ । एउटा पार्टीको कार्यकर्ता अर्को पार्टीको नेतासँग मिलिरहेको छ । जनप्रतिनिधिहरको चालामाल देखेर यस्तो लाग्छ ५ बर्षे कार्यकाल पुरा गरेपछि धेरै जनप्रतिनिधिहरु अख्तियार धाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्