Logo

चापागाँउ सडक कालापत्रे नभए आफ्नै पैसा हाल्थ्यौं


चेतनाथ सञ्जेल, प्रदेश सासंद ललितपुर
लामो सकयसम्म ललितपुरका सडक बन्न सकेन । २०७४ सालमा निर्वाचित भएर आएपछि हाम्रा लागि यी सडकका विषय पेचिलो बनेर आए । हाम्रो योजना चापागाँउ सातदोवाटो सडक विस्तार गर्ने नै भन्ने थियो । तर विविध कारणले त्यो सम्भव भएन । लामो समयसम्म सडक विस्तारको काम नहुँदा ललितपुरबासीलाई सधै धुलो धुँवा र हिलोमा राख्ने कुरा पनि भएन ।
सडक विस्तार सम्भव नभए पछि हामी सडक विस्तारलाई जस्ताका तस्तै राखेर उपलव्ध सडक कालोपत्रे गर्ने निर्णयमा पुग्यौं । यो प्रस्ताव ३ पल्टसम्म मन्त्री परिषद्मा पेश भयो । तिनै पल्ट फर्कियो ।
जव ठेचोबाट कालोपत्रे गर्ने काम शुरु भयो त्यो बेलासम्म मन्त्रीपरिषद्बाट कुनै निर्णय नै भएको थिएन । ठेकेदारलाई पनि हामीले भन्यौं निर्णय भइसक्यो । तपाई काम शुरु गर्नुहोस् । पैसा दिने ग्यारेन्टी हामी भयौं भनेर काम लगाएका थियौं ।
कालोपत्र ठेचोबाट करिव २ किलोमिटर अगाडि चापागाँउ प्रहरी कार्यालय अगाडिसम्म आइपुग्यो । त्यसपछि निर्णय नभई सडक कालोपत्रे गरिएको भन्ने तथ्य बाहिरियो । हामीले तत्कालीन मन्त्री समक्ष हाम्रो समस्या राख्यौं । कालोपत्र गरिएन भने जनताले दुःख पाउछन् भन्यौं ।
बेला बेलामा विभिन्न अवरोध आए । असफालको मापदण्ड नपुगेको कुरा आए । ठेकेदारले काम गर्दिन भनेर घुक्याएपछि सामान जफत गरेर प्रहरी कार्यालयसम्म लैजाने काम पनि भयो । यस्ता दर्जनौं समस्या समाधान गरेर कालोपत्र गर्न सकिएको हो ।
सडकलाई यो अवस्थामा पु¥याउन हाम्रो थोरै मेहनत छैन । सासंदहरु राजकाजी महर्जन,नवराज सिलवाल,पम्फा भुसाल,म(चेतनाथ सञ्जेल) र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन सहितको टोली दर्जनौ पल्ट सिंहदरवार धाएका छौं ।
भैतिक योजना मन्त्री वसन्त नेम्वाङ्ग आएपछि क्याविनेटबाट चापागाँउ सडक कालोपत्रे गर्ने निर्णय भयो । कन्ट्याक जेभिले सवकन्ट्याक लालीगुराँस निर्माण सेवालाई काम गर्न दिएको छ ।
काम हुँदा खेरी सडकमा आएर फोटो खिचाउने नभए सनसनीपूर्ण हल्ला हुन्छ ।
हामी दिनरात काम गरिरहेका छौं । हामीसँग फुर्सद छैन । सडकमा आएर फोटो खिचाउन भ्याउदैनौं ।
एक ठाँउमा एउटा डोजर रोकियो भने सनसनीपूर्ण हल्ला चल्ने गरेको छ । अव यो बाटो नबन्ने भो । त्याहाभन्दा माथि बाटो नबढ्ने भो । अव त्याहाँ नगर्ने भो । कसरी आउछ यो हल्ला ? भनेर म सोच्ने गर्छु ।
केही समय अघि पैसा सिद्दियो भन्ने हल्ला चल्यो । कति पैसा थियो र कति पैसा सिद्दियो ? यो हिसाव किताव कसले भन्न सक्छ ? यो राज्य २÷४ किलोमिटर सडक बनाउनै नसक्ने अवस्थाको छ भन्न मिल्छ ? यहाँ सस्ता सनसनीपूर्ण हल्ला हुने गरेको छ ।
मैले जीन्दगीका २ वटा काम दिनरात खट्टिएर गरेको छु । पहिलो—टाहाखेल बस्तीमा रहेको क्रसर र खानी बन्द गराउन । । दोश्रो— सातदोवाटो चापागाँउ सडक कालोपत्रे गराउन ।
दिनरात साँझ विहान केही नभनीकन एक सुत्रिय अभियान यो कालोपत्रे गर्ने भन्ने थियो । आज यो सफल भएको छ । ठेचोबाट टाहाखेलसम्म कालोपत्रे सम्पन्न भयो ।
ठेचोबाट सुनाकोठी तर्फको सडकमा मेलाम्चीको पाइप विछ्याउने काम अहिले जारी छ । त्यो काम सकिनासाथ त्याहा पनि कालोपत्र हुन्छ ।
हामीलाई यो सडक कालोपत्रे गर्न कम दबाब थिएन । स्थानीय जनताहरु सडकमा दौडिएका छन् । हिलो भयो । धुलो भयो भन्ने गुनासो सबैतिर सुन्दा सुन्दा हामी हैरान थियो । यसबाट जसरी भए पनि मुक्त गराउने भन्ने हाम्रो अभियान थियो ।
यहाँका जनताले धेरै पिडा, दुःख कष्ट भोगे । अव त्यस्तो हुदैन ।
तर विडम्बना कालोपत्रे सकिएपछि सडक खन्न शुरु भइसकेको छ । ठेचो र प्याङ्गगाँउमा सडक खानेपानीको पाइप विस्तार गर्न भन्दै कालोपत्रे भत्काएर बाटो विगारिएको छ । यहाँ स्थानीय सरकार छ । त्यसले हेर्नु पर्दैन ?
महिनौसम्म सडक कालोपत्रे भएन त्यो बेलासडक खनेर पाइप राख्नु परेन । जव सडक बन्यो अनि खनेर कालोपत्र भत्काउनु किन परेको ?
हामीले बेला बेलामा सडक कालोपत्रे गर्ने निर्णय मन्त्रीपरिषद्बाट पास भयो भनेर हल्ला गरेकै हौं । त्यो हल्ला नभएर सडक बनाउने हाम्रो अभियान थियो ।
केही गरी सरकारले कालोपत्रे गरेन भने हामी व्यक्तिगत पैसा हालेर भए पनि सडक कालोपत्रे गछौं भनेर सार्वजनिक रुपमा भनेका थियो । सडक नबनेको भए व्यक्तिगत पैसा हालेर सडक बनाउथ्यौं ।
हाम्रो इज्जतको कुरा पनि रह्यो । हाम्रै अगाडि जनता चिप्लेर लड्ने, हिलोमा धुलोमा रुमल्लिनु पर्ने तर हामी चाही गाडी चढेर हिड्ने ।
अब सडक विस्तार सबै ठाँउबाट एकै पटक शुरु हुन्छ । नख्खु कोरिडोल चापागाँउ सातदोवाटो सडकको विकल्प हो । यो सडकलाई राम्रोसँग बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्