Logo

टर्कीमा गयो नेपालकै जस्तै भुकम्प


१२ माघ ०७६, टर्की\(एजेन्सी) । पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भुकम्प गएको छ । भूकम्पपछि शहरका घरहरु भत्किउका छन् भने भागदौड मच्चिएको छ । प्राप्त समाचार अनुसार अहिलेसम्म २९ जनाको मृत्यु भएको गणना गरिएको छ ।
शुक्रबार स्थानिय समय अनुसार ८ बजेर ५५ मिनेट जाँदा यो भूकम्प गएको थियो ।
बिबिसीले लेखे अनुसार उद्धारकर्ताहरुले ४३ जनालाई उद्धार गरेका छन् भने २० जना भन्दा धेरैै भूकम्पले भत्केको घर थुनिएको आशंका गरिएको छ ।
टर्की जापानजस्तै भूकम्प गइरहेने देश हो ।

प्रतिक्रिया दिनुहोस्