Logo

चलचित्र ‘चपली हाइट ३’को‘चार आनाको मसला’ गीत सार्वजनिक

२० माघ ०७२,काठमाडौं । नेपाली चलचित्र ‘चपली हाइट ३’ मा समावेश गीत चारआना मसला बोलको गीतसार्वजनिक गरिएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो हो ।

यस गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर दिएका छन् । । यस्तै गीतको रचना डिपी खनालले गरेका हुन् भने संगीत सुवास भुसालले संगीत दिएका छन् ।

त्यस्तैगरि प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमाचलचित्रका कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतले अभिनय गरेका छन् । भने भिडियोमा सुपुष्पा र स्वस्तिमालाई बोल्ड अवतारमा नाचेको देख्न सकिन्छ ।

निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा दीर्घ खड्काले सम्पादन गरेका हुन्। फिल्म आगामी चैत २८ गतेदेखि प्रदर्शन हुदैछ ।

हेर्नुहोस गीतको भिडियो :

प्रतिक्रिया दिनुहोस्