Logo

पाटनमा भव्यताका साथ भिमसेन पूजा (तस्विरहरु)

कृष्णमन्दिर परिसरमा राखिएको समयबजी । तस्विरहरु ललितपुर खबबर

ललितपुर खबर फोटोग्राफी
२४ माघ ०७६, पाटन । विहीबार अपरान्ह पाटनका गल्लीहरु भरिभराउ थिए । मिठो धुनमा बाजा बजिरहेको थियो । नेवारी साँस्कृतिक भेषभुसामा युवतीहरु विभिन्न मिष्ठान्न परिकार वोकोर लाइनबद्ध थिए । माहोल उत्सवको थियो ।

सहभागी युवतीहरु ।

यो सबै पाटनमा भिमसेन पूजाका लागि भइरहेको थियो । मंगलबजारस्थित हखः टोलबाट शुरु भिमसेनपूजा पाटनढोका,कुम्मेश्वर कृष्णमन्दिर हुँदै पुन हखःटोल पुगेर समापन भएको थियो ।
पाटनका २७ ठाँउमा समयबजी राखिएको थियो । अण्डा, बाह्रा,आलु, बोडी मासु मिठाई र ऐलालगायत समयबजीको डंगुर गर्ने भीड झनै रोचक देखिन्थ्यो ।

ऐला राख्दै ।

टोल टोलमा राखिएको समयबजी प्रसादका रुपमा सबैलाई बाडिन्छ ।

पिमवहालमा पुगेपछि ।

प्रतिक्रिया दिनुहोस्