Logo

नभेष चित्रकार : जसले खिचे बर्षकै उत्कृट तस्विर

फोटोपत्रकार नभेष चित्रकारले खिचेको हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाइ मृत्यु पहिले हात हल्लाउँदै गरेको बर्षकै उत्कृष्ट घोषित तस्विर ।

२४ माघ ०७६, काठमाडौं । फोटो पत्रकार क्लवको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन् ।
चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाइ मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर घोषित भएको छ । चित्रकारले आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन् ।

सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा खिचेको उत्कृष्ट तस्विर ।

यसैगरी सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने सेलपे डेली लाइफ विधामा गोपेन राईले बाजी मारे । त्यस्तै दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा भहउभचष्भलअभल्भउब िनेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकारले तथा सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजममा सुबिर थापाले बाजी मारे । त्यस्तै डिसहोम स्पोर्टस विधाको उपाधि विकास द्वारेले जिते भने नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो ।

फोटोपत्रकार दिपेन श्रेष्ठले खिचेको वानेश्वरमा प्रहरीलाई चेतावनी दिदै गरेकी युवतीको तस्विर । यो तस्विर समाचार विधामा उत्कृष्ट घोषित भएको छ ।

सेलपे डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । अर्घाखाँची सिमेन्ट न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए । भहउभचष्भलअभल्भउब िनेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रा बन्दा दिपक बुढाथोकीको फोटो तेस्रो भयो । सिटी एक्सप्रेस ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो । डिसहोम स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै नेप्टोस फोटो स्टोरीमा रोविक उपाध्यायकोे फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटाहरु तेस्रो भयो ।

फोटोपत्रकार गोपेन राईले खिचेको कोपण्डोलमा कृतिम कोक्रोमा सुताएको वालकको डेलि लाइफ तर्फको उत्कृष्ट घोषित तस्विर ।

एजेन्सी फ्रान्स प्रेस ९एएफपी० का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका थिए । निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीको लागि उत्कृष्ट १ सय ७६ फोटोहरु छानेको छ ।

सुविर थापाले भक्तपुरमा खिचेको कल्चर एण्ड टुरिजम विधाको उत्कृष्ट तस्विर ।

‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा छानिएको उत्कृष्ट १ सय ७६ फोटोहरुको प्रदर्शनीे काठमाडौंमा यही फागुन १८ देखि २३ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा र काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा गरिनेछ ।

फोटोपत्रकार विकाश द्वारेले खिचेको स्पोटर्स विधाको उत्कृष्ट तस्विर ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन भएको प्रतियोगितामा सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजम, भहउभचष्भलअभल्भउब िनेचर एन्ड वाइल्ड लाइफ, सेलपे डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम स्पोर्ट्स र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो ।
नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरको ‘सेलपे डेली लाइफ’ मा १ हजार २ सय ६७, सिटी ‘एक्सप्रेस कल्चर एन्ड टुरिजम’ मा १ हजार ४ सय ३३, ‘भहउभचष्भलअभल्भउब िनेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार ९८, ‘अर्घाखाँची सिमेन्ट न्युज फोटो’ मा ५ सय २, ‘डिसहोम स्पोर्ट्स’ मा ५ सय ७५, ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ मा ९ सय १० र ‘नेप्टोस फोटो स्टोरी’ मा ४४ वटा फोटोकथाको ४ सय ४० गरी जम्मा ६ हजार २ सय २५ फोटो प्रतिस्पर्धामा थिए ।
विजेताहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, आइएमई ग्रुपका निर्देशक हेमराज ढकालले ट्रफि, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।

फोटोपत्रकार नभेष चित्रकारले खिचेको वाइल्ड लाइफतर्फको उत्कृष्ट तस्विर ।

आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले फोटो पत्रकार क्लबसँग निरन्तर सहकार्य गर्ने अवसर पाएकोमा पिजे क्लबलाई धन्यवाद दिँदै भने, सामाजिक सञ्जाल फेसबुकमा समेत कुनै स्टाटस राख्दा जति लाइक आउँछ फोटोसहित राख्दा अत्यधिक पाउँछु । यसले फोटोको महत्व दर्शाउँछ । उनले यस्ता कार्यक्रमले भिजिट नेपाल इयर २०२० लाई समेत सफल पार्न सघाउने अपेक्षा व्यक्त गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फोटो पत्रकार क्लबले देशभरिबाट समावेश फोटोमध्येबाट उत्कृष्ट छानेर पुरस्कृत गरेकोमा क्लबसहित आयोजनामा खट्नुभएका सबैलाई धन्यवाद दिए । उनले भने, फोटोको शक्ति हजार शब्दभन्दा बढी रहेको हामीले प्रजातन्त्रका लागि गरेका आन्दोलनको सफलताले पनि प्रमाणित गरेका छन् ।
उनले भने, यस्ता फोटो प्रतियोगिताले हाम्रो देशको राष्टिय एकता, तराई, पहाड र हिमालको सामाजिक सद्भाव बढाउँछन्, अझ सुदृढ पार्नेछन् । देशका कुनाकुना फोटोका लागि उर्वर छन् र त्यहाँका फोटो खिचेर ल्याउनसके ती फोटोहरुबाट हाम्रा फोटोग्राफर साथीहरुले रोयल्टीसमेत कमाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्