Logo

ठेचोको माधवनारायण जात्राका दृश्य


ललितपुर खबर फोटोग्राफी
२५ माघ ०७६, ठेचो ललितपुर । शुक्रबार र शनिबार ठेचोको नेवारी बस्तीमा माधवनारायणको जात्रा देखाइएको छ । श्रीस्वस्थानी व्रतकथामा आधारित माधव नारायण जात्रा मनाइएको हो ।
हरेक पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म हरेक दिन ठेचो बस्तीमा भजन किर्तनसहित टोल घुमिन्छ । शुक्ल द्वादशी र माघ शुक्ल त्रयोदशीको दिन भने विशेष झाँकी सहित जात्रा निकाल्ने परम्परा छ ।


झाँकीका क्रममा ठेचोका स्थानीयले आफ्नो शरीरमा दियो, कलश बोकेर नगर घुम्ने गर्छन् । शरिरमा दियो निभ्न नदिन र बर्तन राख्न महिलाहरु टोलमा साथ साथ घुम्ने गर्छन्् । दुई पहलमानले बोकेको ठूलो खड्कुलोमा वालकलाई राखी पानी हालेर जल लिने चलन छ । उक्त जलले छाला सम्बन्धी रोग निको हुने जनविश्वास छ ।
जात्रामा रावणलाई चनाउने क्रममा काजगको खेलौना खेलाइन्छ ।

प्रतिक्रिया दिनुहोस्