Logo

राप्रपा एकताका रोचक दृश्य

२८ फागुन ०७६, काठमाडौं । बुधबार राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच पार्टी एकताको घोषणा भएको छ । हजारौ कार्यकर्ताहरुको बीच पार्टी अध्यक्षत्रेय कमल थापा,पशुपति शम्सेर जवरा र प्रकाशचन्द्र लोहनीले सम्झौता पत्र सार्वजनिक गर्नुभयो ।
पार्टी एकता कार्यक्रममा केही रोचक दृश्य देखिएको थियो । हेरौं


१. निदाए पशुपति शम्सेर
पार्टी अध्यक्ष कमल थापाले भाषण गरिरहदा अर्का अध्यक्ष पशुपति शम्सेर राणा झोक्राएर बसेको दृश्य हेर्न लायक थियो । उहाँ बेला बेलामा उहाँ तन्द्रामा भएजस्तो कहिले निदाएजस्तो देख्न सकिन्थ्यो ।


२.कमल थापाको भगवत गिता
पार्टी अध्यक्ष कमल थापाले पटक पटक पार्टी फुटेको घटना विर्साउन अब पार्टी नफुट्ने दाबी गर्न भाषण काफी थिएन शायद । उहाँले खल्तीबाट भगवत गिता निकालेर अव पार्टी फुटाउन्न भन्दै कार्यकर्ताहरुको अगाडि कसम नै खाएको अर्को रोचक दृश्य थियो । उहाँले अरु नेताहरुलाई कसम खानका लागि पोडिएकमै गिता छोडेर आफ्नो सिटमा बस्न पुगेका थिए ।

३. ताली बजाएर गित
कार्यक्रममा पार्टीको गित बजाइएको थियो सबै नेता कार्यकर्ता उठेर सम्मान गरे । मञ्चमा बसेका नेता कार्यकर्ताले ताली बजाएर साथ दिए ।

४.झोक्राए नेता
पर्टी एकताको घोषणा सभामा तीनै जना अध्यक्ष खुशी नभए झै देखिन्थ्यो । तीनै जनाको मुख अध्यारो थियो । निराश र मुड खराब भए झैं ।

 

प्रतिक्रिया दिनुहोस्