Logo

आजको तस्विर ः साहसी महिला मजदूर


३ असार ०७७, रामपुर । अहिले पनि समाजमा महिला र पुरुषको भिन्नाभिन्नै ज्यादा दिने गरिन्छ । पुरुषको दाँजोमा महिला ममजोर रहेको भन्दै महिलालाई थोरै ज्यादा दिने चलन छ ।
तर पाल्पाको रामपुरका महिलाहरुले आफूहरु पुरुष सरह नै सक्षम रहेको प्रमाणित गरेका छन् । रामपुर नगरपालिकामा रहेको शहीद बहुमुखी क्याम्पसको भवन निर्माणमा पिलर राख्न काम गर्दै साहसी महिला मजदूरहरु पुरुष सरह नै ज्याला थाप्न सक्षम छन् । यहाँका महिला पुरुष सरह नै घर तथा भवन निर्माणमा काम गर्दै आएका छन् ।
यो तस्वीर राष्ट्रिय समाचार समितीकी पत्रकार सुशीला रेग्मीले खिचेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्