Logo

सुन तोलाको १ लाख नजिक


१४ असार ०७७, ललितपुर । आइतबार सुनको भाउ बढेर एक लाख नजिक पुगेको छ । आइतबार बजारमा सुन ७ सय रुपैया(तोलामा)ले बढेर ९१ हजार ३ सय पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिले सम्मको बजार मूल्य हो । गतबुधबार र बिहीबार प्रतितोला सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको पनि मूल्य बढेको छ । आइतबार प्रतितोला ५ रुपैयाले बढेर ९ सय ४५ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजाबी सुन भने प्रति तोला ९० हजार ८ सय ६० रुपैयामा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्