Logo

काठमाडौं उपत्यकामा १ सय ५६ जनामा कोरोना सङ्क्रमण

कला ः कोपिला/ललितपुर खबर

१९ असार ०७७, काठमाडौं । उपत्यकामा १ सय ५६ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । जसमा १ सय १० जना काठमाडौँ जिल्लाबाहिरबाट बस्न आएका व्यक्ति छन् । बाँकी ४६ जना काठमाडौंका रैथाने हुन् ।

यस मध्ये ललितपुरका १८ र भक्तपुरमा २८ व्यक्ति रहेका छन् । विहीबार मात्रै सङ्क्रमित नयाँ बानेश्वरका एक वृद्धको मृत्यु भएको छ । यो सँगै मुलुकभर ३२ जनाको मृत्यु भइसकेको छ ।

बिहीबार मात्रै उपत्यकामा ३२ जना कोरोना सङ्क्रमित फेला परे । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ललितपुर र भक्तपुरका दुई÷दुई जना सङ्क्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएका मध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् । मुलुकमा पहिलो सङ्क्रमण काठमाडौँ मै गरिएको परीक्षणका क्रममा चीनको उहानबाट आएका नेपालीमा देखिएको थियो । दोस्रो र तेस्रो सङ्क्रमण पनि बाहिरबाट आएका नेपालीमा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्