Logo

आजको राशीफल (२०७७ असार २०,शनिबार)

पञ्चाङ्ग
आज २०७७ असार २० गते शनिबार तदनुसार जुलाई महिनाको ०४ तारिक २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लाथ्व प्रमादी, उत्तरायण, ग्रीष्म, शनिवार, आषाढ शुक्लपक्ष, तिथि, चतुर्दशी , ११ः३३ बजे उप्रान्त पूर्णिमा नक्षत्र, मूल, २३ः५१ बजे उप्रान्त पूर्वाषाढा योग ब्रह्म , २६ः०३ बजे उप्रान्त ऐन्द्र करण वणिज ११ः१३ बजेदेखि भद्रा , २२ः३५ बजे उप्रान्त कौलव चन्द्रराशि धनु आनन्दादि योग गद दिनमान ३४।२८ सूर्योदय ०५ः१४ सूर्यास्त १९ः०२ पूर्णिमा व्रत । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । दिन सामान्य रहला ।
वृष– विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मिथुन– सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ ।
कर्कट– आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसंग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।
सिंह– आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
कन्या– कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।
तुला– खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला । चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।
वृश्चिक– प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ ।
धनु– अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ ।
मकर– नयाँकामहरू पाउने योग छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ ।
कुम्भ– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।
मीन– लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्