Logo

बाढी पहिरोको कहर (तस्विरहरु)

जाजरकोट बारेकाट गाउँपालिका–४ सार्कीगाउँमा पहिराले दुई घर बगाउँदा बेपत्ता १२ जनाको खोजी कार्य गर्दै स्थानीयवासी । तस्वीर ः हेमन्त केसी\रासस

२६ असार ०७७, काठमाडौं । निरन्तरको बर्षापछि देशभर बाढी पहिरोको क्षति जारी छ । वाग्लुङ, सिन्धुपालचोक,कास्की,जाजरकोट,म्याग्दी, लमजुङ,रुकुमपीश्चम र डोटीलगायतका ठाँउहरुमा क्षति पुगेको छ ।

लमजुङको क्व्होलासोथर गाउँपालिका– ७बmउस स्थित भोंजे गाउँको गमबहादुर कामीको पिँढी र आगनमा शुक्रबार बिहान गएको पहिरो । यस घरसहित गाउँका ११ घर पहिरोको उच्च जोखिममा रहेको छ । तस्वीर ः जनक श्रेष्ठ\रासस

बाढी पहिरोले सयौं घर बगाएको छ, सथानीयबासी बेपत्ता छन् । जल तथा मोसम विज्ञान विभागको पुर्वानुमान अनुसार सोमबारसम्म बर्षा हुनेछ । यहाँका मौसमविद्हरुले समयमै सजक रहन आग्रह गरेका छन्।
हेरौं राष्ट्रिय समाचार समितीका प्रतिनिधिहरुले खिचि पठाएका केही दृश्यहरु ः


डोटीको केआइसिंह गाउँपालिका–५ बुहारमा गए राति आएको पहिरोले पुरिएपछि क्षतिग्रस्त भएको से १ च २१२५ नम्बरको महेन्द्र जीप । जीपका चालक भने ज्यान बचाउन सफल भएका छन । तस्वीर ः विमलबहादुर विष्ट/रासस
छेडागाड – मोर्क शिवालय हुँदै जुनिचाँदे जोडने सडक । मोर्क नजिक पहिरो जाँदा दुई दिनदेखि अवरुद्ध भएको सडक खुलाउन प्रयोग गरिएको डोजर । तस्वीर ः हेमन्त केसी \रासस
जाजरकोट, सदरमुकामको विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध भएपछि अस्पतालबाट स्ट्रेचरमा बिरामीलाई घर ल्याइँदै । तस्वीरः हेमन्त केसी/रासस

बिहीबार रातिदेखि लगातार परेको पानीका कारण पोखरा महानगरपालिका– ३३ मा घर तथा बस्तीमा पानी पसेपछि भेल नियन्त्रणको प्रयास गरिँदै । तस्वीर ः वासुदेव पौडेल/रासस

पोखरा महानगरपालिका–१८, सराङकोटस्थित गोठादीमा गए रातिको पहिरोमा परी घाइते भएका छ जनाको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदै । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तस्वीरः कृष्ण दवाडी \रासस
अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने पुल । तस्वीर ः कृष्ण न्यौपाने\रासस
बेँसीशहर–चामे सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–६ स्थित खरखरे भीरमा बिहीबार बिहान पहिरो आएको स्थानबाट जोखिम मोलेर यात्रा गर्दै पैदलयात्रु । तस्विरःजनक श्रेष्ठ\रासस
प्रतिक्रिया दिनुहोस्