Logo

एकैदिन बढ्यो सुन तोलाको मोल ५ सय रुपैयाँ


८ साउन ०७७, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको छ ।
बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३ सयले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय ६० तोकिएको थियो । चाँदीको मूल्य पनि प्रतितोला रु १० ले वृद्धि भएर एक हजार १ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्