Logo

कोरोना महामारीमा पनि ललितपुर चेम्बरको रक्तदान

रक्तदान कार्यक्रममा प्रमाणपत्र लिदै शाक्य ।

१० साउन ०७७, ललितपुर । विश्वव्यापी कोरोना भाईरसको महामारी चलिरहेको सन्र्दभमा ललितपुर चेम्बर अफ कमर्सले शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको मानभवनमा आयोजित रक्तदान कार्यक्रममा करिव ७० जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रम रक्तसंचार केन्द्र पुल्चोकको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो ।
रक्तदान कार्यक्रको समापन कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिउको थियो । चेम्बर ललितपुरका अध्यक्ष पुष्परत्न शाक्यले आगामी दिनमा मधुमेह रोगको शिविर सञ्चालन गरिने बताएका छन् । उनले भने,‘हामी विभिन्न अस्पतालहरुसँग समन्वय गरेर उद्यम िसाथीहरुलाई स्वास्थ्य सुविधा उपलव्ध गराउने छौं । ’

प्रतिक्रिया दिनुहोस्