Logo

साउन पन्ध्र : खिर खाने दिनका रोचक कुरा


१५ साउन ०७७, ललितपुर । दूध चामल,संख्खर(चिनी)सँगै मरिच नरिवल छकडालगायत मरमसला हालेर बनाइने परिकार हो खिर । असार १५ गते दही चिउरा,माघे संक्रन्तीमा खिचडी तरुल जस्तै हरेक साउन १५ गते खिर खाने नेपाली संस्कारको चलन चल्ती छ ।
कृषि प्रधानदेश नेपालमा खिर चलनचल्तीमा रहेको एउटा मिष्ठान्न हो । धेरै जसो चाड पर्व र उत्सवमा खिर पकाएर भोज गर्ने चलन पनि छ ।
देशको पहाडी बस्तीमा खिर रुचाइने परिकारमा गनिन्छ । असारको हिलो मैलो झरिमा भिजेको शरिरलाई मसलाले परम्परागत उपचार गर्ने साउन पन्ध्रको खिर खाने चलन एउटा पुरानो प्रक्रिया हो ।
आर्यूवेदमा खिरलाई प्राचिन भोजनको भनेर लेखिएको पाइनछ । खिर शव्द संस्कृत शब्द ’क्षिरमा’बाट आएको हो । क्षिरमा अथवा दूध र यसैबाट अपभ्रश भएर खिर शव्द बनेको पाइन्छ । त्यसैले खिर प्राचिन समयमा धेरै नै खाइने मिष्ठानमा पर्ने अनुमान लगाउन गाह्रो पर्दैन ।
खिर पितृहरुलाई पनि चढाउने प्रचलन छ । हिन्दु संस्कार अनुसार श्राद्ध र किरिया बस्दा खिर बनाएर पितृ पुजा गरिन्छ ।
नेपालबाहेक बङ्गलादेश, थाइल्याण्ड,मालदिभ्स र दक्षिण भारतलगायत मुलुकमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।
साउन पन्ध्रमा खिर खाने प्रचलनका कारण देशभरका डेरीमा ग्राहकको भीड हुने गर्दछ । यस दिन दुधको अभाव हुने हुदा डेरीहरुले धुलो दुधको प्रयोग गरेर समेत दुध बेच्ने गर्दछन् ।
राजधानी काठमाडौंमा तराई लगायत विभिन्न जिल्लाबाट दुध ल्याए बिक्रि हुने गर्दछ । वर्षा महिनामा पोसिलो दुध पाइने हुँदा दुधको आपूर्तिमा ज्यादै कमी भने हुँदैन ।

प्रतिक्रिया दिनुहोस्