Logo

चापागाँउमा ग्यास सिलिण्डरमा आगो लगाएर भागेपछि ..

आगलागीपछि क्षतिग्रस्त होटल । तस्विरहरु ः ललितपुर खबर

लपु संवादाता
२४ साउन ०७७, चापागाँउ । चापागाँउ बजारमा एलपि ग्यास डेनमार्क कम्पनीका प्रतिनिधिले ग्याँसको सिलिण्डरमा आगो लगाइ दिएर भागेको छन् ।
‘म ग्याँस कम्पनीबाट आएको तपाईको ग्यासको रेगुलेटर चेक गर्नुपछर्’ भन्दै सुमन तामाङ्ग नाम गरेका व्यक्ति होटलमा पसेर ग्यासको चुलो खोलेर सिलिण्डरमा आगो लगाएपछि भागेका हुन् । चापागाँउ बजारको घुम्तीेमा होटल पेशा गरि बस्ने मकवानपुरकी इपा पञ्चकन्याकी लालमायाँ बलको पसलमा सुमनले आगो लगाई दिदा फ्रिज टेवल र भाँडाकुडा जलेर नष्ट भएको छ ।

आगो निभाउन आएका सथानीयबासी र रमिता हेर्न आइपुगेका सर्वसाधारण ।

होटलकी साहुनी लालमायाँ बलका अनुसार आगो लगाइदिने नचिनेको व्यक्ति सुमनले ग्यासको रेगुलेटर फेर्नुपर्छ भन्दै चुलोबाट निकालेर अर्को सिलिण्डरमा जोडेका थिए । र आगो लागेको थियो ।
नचिचेको मान्छेले ग्यास बनाइ दिन्छु भन्दा आफूले नमानेको लालमाया बलले ललितपुर खबरलाई बताइन् । तर सुमन तामाङ्गले जबरजस्ती ग्यासको पाइप थुतेको उनको भनाई छ ।
ग्याँस सिलिण्डरमा आगो लगाएपछि स्थानीय बासिन्दाले निभाएका थिए ।

आगलागीपछि रुदै वालिका ।

आगलागी भएपछि वृद्ध घरबेटी मैया श्रेष्ठ यही घरमा बसेको अवस्थामा उद्दार गरिएको थियो ।
ग्यासको सिलिण्डरमा आगो लगाइ दिने एल पि ग्यास डेनमार्क सातदोवाटोका नबीन तामाङ्ग रहेको महानगरिय प्रहरी वृत्त चापागाँउका इन्सपेक्टर राजेन्द्र ले ललितपुर खबरलाई जानकारी दिएका छन् ।
आगलागीपछि प्रहरीको सम्पर्कमा आएका तामाङ्गले ३ लाख क्षति पुर्ति तिरेको प्रहरी बृत्त चापागाँउका राजेन्द्र थापाले जानकारी दिए । उनले भने,‘आगलागीबाट घरको दलिन क्षति भएको भन्दै घरबेटीसँगको सहमतीमा २ लाख र पसलको १ लाख गरि ३ लाख तिरेको हो ।’
एल पि ग्यास डेनमार्क सातदोवाटोमा कार्यालय रहेको र सञ्चालक सुमान घलानसँग सहमती गरि क्षतिपूर्ति तिराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्