Logo

ललितपुरमा विहीबार ११ जनामा कोरोना संक्रमण

कला ः कोपिला/ललितपुर खबर

२९ साउन ०७७, ललितपुर । लतिपुर महानगरमा मात्रै विहीबारको संक्रमण देखिएको हो । राजधानीको काठमाडौंमा १ सय ११ जनामा कोरोना संक्रमण देखिएको तुलना गर्दा ललितपुरको संक्रमण डाटा कम देखिए पनि भक्तपुरको ५ जना मात्रै देखिनुले ललितपुरको कोरोना संक्रमण दर ज्यादै थोरै नभएको देखिन्छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको हो । संक्रमणदेखिएकाहरुमा ३ जना ललितपुरकै स्थायी बासिन्दा छन् भने अरु ८ जना काठमाडौं बाहिरबाट राजधानी आएर बसेकाहरु हुन् । संक्रमितहरु २० बषदेखि ७२ बषिय बृद्धहरु समेत छन् ।

यो संगै ललितपुरमा १ सय ९५ जनामा कोरोना संक्रमण भेटि सकेको छ । यीमध्ये ६० जना महिला र १ सय ३५ जना पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्