Logo

कोरोना कहर ः सुनसान यो शहर

४ भदौं ०७७, काठमाडौं । संसार अहिले कोरोना भाइरसको चपेटामा परेको छ । डिसेम्बर १९ मा चीनको बुहानमा पहिलोपल्ट फेला परेको यो भाइरस अहिले संसारभर माहामारी मच्चाइरहेको छ ।
कोरोना माहामारीको भूमरीका नेपाल पनि नराम्रोसँग परेको छ । गतबर्षको फागुन १० गते नेपालमा दोश्रो संक्रमित भेटिएपछि सरकारले लगाएको ७९ दिन लामो लकडाउनपछि फेरी हामी निषेधाज्ञामा चरणमा पुगेका छौं ।

लामो लकडाउनपछि नेपाली अर्थतन्त्र क्षतविक्षत भएपछि संघीय सरकारले लकडाउन,निषेधाज्ञा वा अरु कुनै पनि बन्देज लगाउन सक्ने अधिकार स्थानीय प्रशासन वा सरकारलाई सुम्पिएको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या नाटकीय रुपमा बढेपछि यसलाई नियन्त्रण गर्न प्रशासनले भदौं ३ गते मध्यरातदेखि १० गतेसम्म ललितपुर भक्तपुर र काठमाडौंमा १ हप्ता लामो निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा केन्द्र सरकारले लगाएको लकडाउन भन्दा कडा रहेको छ । अत्यावश्यक काम बाहेक सडकमा हिडडुल गर्न निषेध गरिएको छ ।
निषेधाज्ञाकै क्रममा काठमाडौंउपत्यकामा सडक कस्ता देखिए हेरौं केही दृश्यहरु ः

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार असनमा देखिएको बन्द सटर । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा लगाएपछि बिहीबार देखिएको बानेश्वर शहर र सुनसान सडक । । तस्वीर ः चन्द्रकला क्षेत्री\रासस
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार देखिएको सुुनसान सुुन्धारा सडक । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले बुुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार देखिएको ललितपुुरको बालकुुमारीको सुुनसान सडक । तस्वीर ः चन्द्रकला क्षेत्री\रासससिंहदरवार ।

चक्रपथको बागडोल ।
एकान्त कुना सडक।

टुडिखेल ।

प्रतिक्रिया दिनुहोस्