Logo

बुधबार काठमाडौं उपत्यकामा ४ सय ६४ संक्रमित


२४ भदौ ०७७, काठमाडौं । काठमाडौं उपत्यकाका थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले काठमाडौंका ३ सय ९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएकोे जानकारी दिएका छन् । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६ सय ११ पुगेको छ । ललितपुरमा एक हजार ११ संक्रमित र भक्तपुरमा ८ सय १८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्