Logo

बुधबार ललितपुरमा ५० जनालाई कोरोना,हेर्नुस् कुन पालिकामा कति ?


लपु संवाददाता
३१ भदौं ०७७, ललितपुर । बुधबार ललितपुरका ५० जनालाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार १५ जना महिला र २८ जना पुरुष सहित ललितपुर महानगरपालिकामा ४३ जनालाई कोरोना संक्रमण भएको छ ।
महालक्ष्मी नगरमा ३ महिला र १ पुरुषसहित ४ जनालाई कोरोना संक्रमण भएको छ भने गोदावरी नगरमा पनि २ महिला र १ पुरुष सहित ३ जनामा कोरोना भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेसम्म ललितपु्रमा ६ सय ३३ महिला र ८०८ पुरुष सहित १ हजार ४ सय ४१ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्