Logo

हराएका २५ थान मोबाईल भेट्टाएपछि प्रहरीद्वारा फिर्ता


२८ असोज ०७७, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेलापारी सम्बन्धित धनीलाई बुधबार बुझाएको छ ।
मोबाईल हराएको भनि दिएका निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बिभिन्न कम्पनीका १२ हजारदेखि ५५ हजार रुपैयाँ पर्ने करिब ३ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका ती मोवाइल फिर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्