Logo

पोर्न साइट बनाई युवतीको भिडियो राख्ने श्रेष्ठ काठमाडौंबाट पक्राउ


लपु संवाददाता
२९ असोज ०७७, काठमाडौं । बुधबार काठमाडौं गोगबु बस्ने २३ बर्षका सुरज श्रेष्ठलाई महानगरिय प्रहरी बृत्त दरवारमार्गले पोर्न साइट बनाएर युवतीको अश्लिल भिडियो राखेको आरोपमा पक्राउ गरेको छ ।
श्रेष्ठले चितवन बस्ने कखग(नाम परिवर्तन) नाम गरेकी युवतीले अल्लिल भिडियो साइटमा राखेर साइबर अपराध गरेको कसुरमा कारवाहीका लागि सूचना तथा निवेदन दिएपछि श्रेष्ठलाई पक्राउ गरेको थियो ।
श्रेष्ठले व्लुसंसार डट कम नामको पोर्न साइट बनाएर त्यस अश्लिल भिडियो राखेका थिए । विद्युतीय कारोवार ऐन २०६३ को परिक्षद ९ मा उल्लेखित कसुरमा उनलाई नियन्त्रणमा लिएर महानगरिय प्रहरी बृत्त दरवारमार्गबाट जिल्ला अदातलमा पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्