Logo

जनपथ प्रहरीमा ५ हजार २ सयका लागि दरखास्त आह्वान


१ कार्तिक ०७७, काठमाडौं । नेपाल प्रहरीले रिक्त रहेको ५ हजार २ सय जवानहरुलाई खुला तथा समावेशी व्यवस्था अनुसार दरखास्त आह्वान गरेको छ ।
दरखास्त बुझाउनका लागि प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर,७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल,सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।
भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको जनाउको छ । साथै भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालयमा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्