Logo

एकैदिन ललितपुरमा ३ सय कोरोना संक्रमित


लपु संवाददाता
६ कात्तिक ०७७, ललितपुर । पछिल्ला दिनहरुमा ललितपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । विहीबार ललितपुरमा १ सय ५९ महिला र १ सय ४३ जना पुरुषमा कोरोना संक्रमित भेटिदा एकै दिन ३ सय २ जना संक्रमित भेटिएका छन् ।
अत्याधिक कोरोना संक्रमित भेटिनेमा ललितपुर महानगरपालिका अगाडि छ । १ सय २८ महिला र १सय ८ पुरुष सहित ललितपुर महानगरपालिकामा विहीबार मात्रै २ सय ३६ जनामा कोरोना संक्रमण भेटिएको छ ।
धेरै संक्रमित भेटिने दोश्रो नगरमा महालक्ष्मी नगर रहेको छ । यहाँ १८ महिला र २४ पुरुषमा कोरोना संक्रमण पुष्टि हुँदा ४२ संक्रमित थपिएका छन् ।
गोदावरी नगरमा १३ महिला र ११ पुरुषसहित २४ संक्रमित भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
दक्षिण ललितपुरको तीनै वटा गाँउपालिकामा कुनै संक्रमित भेटिएका छैनन् ।
ललितपुरमा कोरोना संक्रमणपछि निधन हुनेको संख्या ६५ पुगेको छ । अहिलेसम्म जिल्लाभित्र ७ हजार १ सय २५ संक्रमितको संख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्