Logo

सुन्दर आकाश, सुन्दर धर्ती(तस्विरहरु)

पोखरा लामागाउँमा बाँसबाट बनाइएको लिङ्गे पिङ खेल्दै बालक । तस्वीर ः राधिका कँडेल/रासस

१५ कात्तिक ०७७, ललितपुर । आजकालको मौसमै रमाइलो । हिलोमैला हटेको छ । धर्ति आकाश, खुल्दा उत्तरतर्फको सुन्दर हिमाल टलक्कै टल्केको देखिन्छ ।

व्यास नगरपालिका–५ मानहुँकोटबाट हिमाल हेर्दै आन्तरिक पर्यटक । मा। तस्बिर ः कृष्ण न्यौपाने/रासस

पर्यटकीय सिजन सुरु भएको छ । तर फट्टफुट्ट आन्तरिक पर्यटक बाहेक घुम्ने मान्छे छैनन् । कोरोना कहरसँगै विदेशी पर्यटक ठप्प छ ।


तनहुँको व्यास नगरपालिका ५ मानहुँकोटमा चङगा उडाउँदै एक युवक । तस्बिर ः कृष्ण न्यौपाने\रासस

चाडपर्वको मौसम छ । कतै पिङ्ग खेलिरहेका मान्छे देखिन्छन् कतै चङ्गा उडाउदै । हेरौ केही दृश्यहरु ः

पूर्णिमाको अघिलो दिन शुक्रबार ललितपुरको भौँसीपाटीबाट देखिएको चन्द्रमा । तस्वीर ः रोशन सापकोटा/रासस

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले बजार सो स्थानबाट देखिएको हिम सृङखलाको दृश्य । तस्बिर ः युवराज विष्ट/रासस
सप्तरीको राजविराज नगरपालिका– १ स्थित पडरियाबाट शुक्रबार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङखलाको सुन्दर दृश्य । तस्बिर ः प्रमेश्वर झा/रासस
काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य ।तस्बिर ः रोशन सापकोटा/रासस
मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको स्वयम्भू स्तुपा एवं हिमालको दृश्य । तस्बिर ः रोशन सापकोटा/रासस
काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य। तस्बिर ः रोशन सापकोटा/रासस
प्रतिक्रिया दिनुहोस्