Logo

समाजसेवा र कोरोना संक्रमणका अनुभवहरु


शैलेन्द्र बिष्ट
बिश्वव्यापी कोरेनाको महामारी गतचैत्र महिनादेखि विभिन्न कार्यक्रमहरुका लाग्ने क्रममा कहिले रक्तदान, कहिले अलपत्रलाई खाना खुवाउने, त कहिले बटुवाहरुलाई खाजाको व्यवस्थामा हरदिन जुट्दै कोरोनासँग भिड्दै अगाडी बढ नै रहे । कोराना महामारीमा घरभित्र नबसी सुरक्षा अपनाएर ललितपुर र कर्णालीमा खटेको थिए ।
सुर्खेतका कार्यक्रमहरुमा जाने क्रममा राउटेहरुको अबस्था नजुक देखे । पत्रकार नगेन्द्र उपाध्यायसँग राउटे मुखियासँग भेट भयो उनको कुरा सुन्दा दुखलाग्दो थियो । साथीहरुको सहयोग जुटाई उनिहरुलाई प्रत्येक घरलाई एक एक बोरा चामल सहयोग गर्न सकियो । जाउलाखेलका दाई बिवेक बिष्ट र जाउलाखेल ग्रुप अफ इण्डष्ट्रिजका सञ्चालिका म्यागी शाहमार्फत शहयोग जुटाइदिने मेरो साथी उषा थापा लगायतको उल्येख्य सहयोग थियो ।
राउटेहरुलाई बस्नका लागि त्रिपाल र कपडाको अभाबका कारण कष्टकर जीवन विताइरहेका थिए । पत्रकार नगेन्द्र र म सुर्खेत फर्कियौं । रौतहटको चन्द्रनिगाहापुरबाट महारत्न बिष्ट ब्रिगेट नाम गरेकी अष्ट्रियाकी दिदिले कपडा र त्रिपालको दिनुभयो ।
दिनहरु वित्दै गए । दशैं नजिकिदै थियो । म घर फर्कन व्यग्र थिए । घर फर्कनु अघि राउटेहरुसँग सहभोज गर्नु थियो । राउटे समुदायमा गएर खशी काटेर राउटेहरुसँग सहभोज कार्यक्रम गरियो । त्यसको भोलीपल्ट म काठमाडौंतर्फ लागे ।
म घरमा पुग्दा सबैजना धेरै खुशी थिए । खाना खाएपछि मलाई एक्कासी पखाला चल्यो र तातो पानी खाएर सुत्ने । मलाई राती निकै ज्वरो नै आयो र रातभरी सुत्न पनि सकिएन । त्यो रात मलाई निकै लामो भएको अनुभव भएको थियो । भोली पल्ट बिहानमा मुखको भित्र र बाहिर छालामा एलर्जिहरु देखिए ।
मैल तत्काले कोहलपुर मेडिकल कलेजका बरिष्ठ डाक्टर स्याम बि.क लाई फोन गरे । उनले औषधीको नामहरु लेखि दिए । मेडिकलबाट औषधि ल्याए । एलर्जी रहेछ । निको भयो ।
डा. विकको सल्लाहमा गेदावरी नगरपालिकाको स्वास्थ्य शाखा बज्रबाराही अस्पतालमा पुगें । ठेचोमा कण्ट्रयाक ट्रेसिङ रहेछ । त्यहा पुगेर नमूना दिएर फर्किए ।
अन्ततः म पनि कोरोनाको महामारीबाट अछुतो रहन सकिन । कोरोना संक्रमिणको रिपोर्ट आयो । म काठमाडौं आएको दिनदेखि छुटै बसिसकेको हुनाले परिवारमा अरु संक्रमित हुन पाएनन् ।
दशैंको लागिे छोरीहरुलाई सुर्खेतबाटै नयाँ कपडाहरु ल्याइदिएको थिएँ तर कपडाहरु म बसेको कोठामै भएको हुनाले त्यो कपडा छोरीहरुले लगाउन पाएनन् । मलाई साह्रै नै नरमाइलो लोग्यो तर छोरीहरुले ु हजुर ठिक भएछि नै लगाउँला भनेर मलाई दुखी हुन दिएनन् । मलाई परिवारले बारम्बर कोरोनासँग लड्ने हौषला दिईरहे ।
बाहिर दशैंको रौनक थियो तर भित्र म एक्लै एकान्तमा बसिरहे । परिवार,आफन्त, शुभचिन्तक साथीभाईहरुले फोन र भिडियोमा कुरा गरेर एकान्तको बास बिर्साइ दिएका थिए । मैले होम आइसोलेसनका क्रममा घरेलु बेसार,अदुवा, जिरा, मरिच लगायत गरम मसलाहरु राखेर तातोपानी खाने गरेको थिए । पोषणयुक्त खाने कुराहरु प्रशस्त मात्रामा खाँदा पनि कोरोनाले कमजोर गराउँदो रहेछ । कोररोनालाई पोषणयुक्त खानेकुरा, तातोपानी, पर्याप्त आराम, योगा, आत्मबल, भएमा कोरोनालाई सजिलैसँग जित्न सकिन्छ । २२ दिनपछि दोस्रो जाँच गर्दा सिटी भ्यालु २८.८ आयो ।  म कोरोनामुक्त हुन सकिन ।

मनलाई उच्च बनाई चिन्तारहित बसे कोरोनाले केहि पनि गर्न सक्दैन ।
एकान्तबास बसेको समयमा फोनमार्फत विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी सहयोग जुटाउदै गोदावरी नगरपालिका बिधालयका बिधार्थीहरुलाइ झोला र स्टेश्नरीहरु बितरण गर्न सकियो । यसपछि मेरो मनमा झन् उर्जा थपिएको छ ।
जसमा राष्ट्रिय अपाङ्ग पुनरस्थापना समाजका सुरेश प्याकुरेल र भाई सरोज बिष्ट ठुलो सहयोग छ । म उनीप्रति कृतज्ञ छु । मनमा हरेस नखाई निरनतर लागि पर्दा पनि मनमा आनन्द आउँदो रहेछ । कोरोना लाग्यो भन्दैमा डराएर बस्ने होइन । आत्मबल बढाउने खालका बिभिन्न कृयाकलापहरु एकान्त बासबाटै पनि सञ्चालन गर्न सकिन्छ । जसले गर्दा कोरोनासँग लड्ने शक्ति प्रदान हुँदो रहेछ । म अझै पनि कोरोना पिडित नै छु र एकान्त बासमै छु र पनि मेरो आत्बल यस्तै कृयालापहरुले गर्दा बढीरहेको छ ।
विष्ट सामाजिक अभियन्ता हुन्

प्रतिक्रिया दिनुहोस्