Logo

‘कोरोना खोप धनीले पाउछ गरिवले पाउदैन’

७ मंसिर ०७७, काठमाडौं । अहिलेसम्म विश्वभर लगभग पाँच करोड पचास लाख मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । संक्रमित मध्ये १३ लाखभन्दा धेरैको निधन भइसकेको छ । दिनानुदिन संक्रमित थपिने क्रम बढ्दो छ । यो क्रम कहिलेसम्म जान्छ यसै भन्न सकिने अवस्था छैन ।
कोरोना भाइरसको नियन्त्रणका लागि खोपकोृ विकाश गर्न वैज्ञानिकहरु रात दिन खटिरहेका छन् ।
पछिल्ला दुई खोप निकै प्रभावकारी देखिएका भन्दै चर्चापछि संसारभर आशाको सञ्चार भएको छ । अरु केही खोपहरुको अन्तिम चरणको परीक्षण चलिरहेको बताइएको छ । खोपहरु अहिले धमाधम मान्छेमा परीक्षण गरिदैछ ।
तर खोप प्रयोगका लागि कसैले पनि विश्व स्वास्थ्य संगठनबाट अनुमती पाइसकेका छैनन् । तर पनि खोप किन्ने होड विश्वभर चलि नै रहेको छ । यद्यपी कुन खोपले प्रभावकारी काम गर्छ त्यो एकिन भइसकेको छैन ।
अमेरिकाको नर्थ क्यारोलियास्थित ड्युक युनिभर्सिटीका अनुसार हालसम्म ६ अर्ब ४० करोड लाख डोज खोप खरिद भइसकेको आकलन गरिएको छ । साथै त्यसमध्ये तीन अर्ब २० करोड डोज खोप खरिदको लागि वार्ताको क्रममा रहेको बताइएको छ ।
तर कमजोर आय भएका मुलुकहरु भने यो खोपबाट बञ्चित हुन्छन् कि भन्ने चिन्ता छ ।

लण्डन स्कुल अफ इकोनोमिक्सकी सहायक प्राध्यापक क्लेयर वेनहाम खोप निर्माण र प्रयोगको अनुमती आउनुअघि खरिद गर्ने होड चल्नु नयाँ नभएको बताउँछिन् । उनका अनुसार जसले पहिले धेरै पैसा खर्च गर्छ, उसैको पालो पहिला आउँछ । उनका अनुसार खोप धनी मुलुकले खरिद गरेका छन् । केही मध्यम आय भएका तथा खोप उत्पादनको क्षमता भएका मुलुकहरु पनि धेरै मात्रामा खरिद सम्झौता गर्न सफल भएका छन् ।
भारतको सेरम कम्पनीले आफूले निर्माण गरेकोमध्ये आधा खोप आफ्नो मुलुकमा वितरण गर्ने बताएबाट खोप निर्माण गर्ने मुलुकहरु पहिले आफूले खापको खपत गर्ने कुराको पुष्टि हुन्छ ।
ब्राजिल र मेक्सिकोजस्ता अन्य केही मुलुकहरुले क्लिनिकल परीक्षणको लागि सहयोग गरिरहेबाट उनीहरुले पनि समयमै खोप ल्याउने सम्भावना जिवित राखेका छन् ।
इन्डोनेसियाले चिनियाँ खोप निर्मातासँग सहकार्य गरिरहेको छ भने ब्राजिलले पनि अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरिरहेको खोपका लागि निर्माण तथा परीक्षणमा सहयोग र गरिरहेको छ ।
खोप खरिद गर्ने होडमा अमेरिका, भारत, क्यानडा, युरोपेली संघ (ईयू), र बेलायत छन् ।
ड्युक एनालाइसिसकी एन्ड्रिया टेलर अहिले भइरहेको खरिद सम्झौताको विश्लेषण गर्दै आगामी दुई वर्षको लागि खोपको पाउने सम्भावना कम भएको बताउँछिन् । उनका अनुसार धनी मुलुकहरुले खोप पाउने र कमजोर मुलुकले पाउने सम्भावना कम हुने आकलन गर्छिन् ।

विशेषज्ञहरुका अनुसार खोप बजारमा आएपछि कति खोप उपलव्ध हुन्छ भन्न सक्ने अवस्था छैन । वितरण कसरी हुन्छ त्यसको पनि टुंगो छैन । सन् २०२१ को अन्तिमसम्ममा कम आय भएका मुलुकमा खोप कार्यक्रम लागू हुने सम्भावना निकै कम छ ।
खोपको विकाश गरिरहेको अमेरिकी कम्पनी फाइजरले आफ्नो खोप यस वर्षको लागि पाँच करोड र अर्को वर्षको अन्तिमसम्ममा एक अर्ब ३० करोड डोज उत्पादन हुने बताएको छ । कम्पनीका अनुसार हरेक मानिसलाई यो खोप दुई डोज आवश्यक हुन्छ । यो खोप सफल भएमा र वितरण हुने अवस्था आए ज्यादै कम मानिसले मात्रै खोप प्रयोग गर्ने अवसर पाउछन् ।
अर्को कम्पनी मोडेर्ना भने आफ्नो खोपको परीक्षणमा उत्साहजनक नतिजा देखिएको दाबी गरेकाले आशाको सञ्चार भएको छ । धेरै खोप सफल भएको खण्डमा मात्र विश्वभर खोप आपूर्ति सहज र पर्याप्त हुन सक्ने देखिन्छ ।

सन् २००९ मा स्वाइन फ्लुको महामारीको समयमा खोपको आपूर्ति एडभान्समा खरिद गरेको कारण अधिकांश धनी मुलुकहरुमा गरिएको थियो । यस उदारणबाट पनि कम आय भएका मुलुकलाई पहिले खोप नहुने आकलन गर्न सकिन्छ ।

यद्यपी विश्व स्वास्थ्य संगठनले विश्वव्यापी खोप योजना कोभ्याक्स अघि सारेको छ । यो योजनाअनुसार विश्वभरका कम्तीमा २० प्रतिशत मानिसलाई खोप लगाउने तयारी छ ।
धनी मुलुकहरुले सम्भावित कोरोना खोप खरिद गर्न क्रम बढेपछि कम आय भएका मुलुकहरुलाई सहयोग गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको उसको भनाई छ । यसमा हालसम्म संसारभरका १ सय ८६ मुलुक सहभागी छन् ।
विश्व स्वास्थ्य संगठनले ल्याएको कोभ्याक्सको योजना अनुसार पहिलो चरणमा सबै मुलुकका तीन प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध हुनेछ । जसमा स्वास्थ्य तथा फ्रन्र्ट लाइनमा काम गर्नेहरुलाई यो खोप उपलव्ध हुनेछ ।
दोस्रो चरणमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराइनेछ । यो चरणमा भने ६५ वर्ष नाघेका र अत्यधिक जोखिममा रहेका समुहहरुलाई खोप दिइनेछ । अरुले भने अन्तिम चरणमा खोप उपलब्ध गराइनेछ ।
कोभ्याक्सले सम्भावित कोरोना खोप लाखौं डोजको एडभान्स खरिद गरिसकेको छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्