Logo

सासंद नवराज सिलवालको फेसबुक पेज ह्याक


ललितपुर खबर संवाददाता
९ मंसिर ०७७, ललितपुर । ललितपुरका संघीय सासंद  नवराज सिलवालको फेसबुक पेज ह्याक भएको छ । सिलवालको स्वकीय सचिव राजेन्द्र न्यौपानेका अनुसार सासंद सिलवालको फेसबुक पेज ६/७ दिनदेखि ह्याक भएको हो ।
न्यौपानेका अनुसार नोवेम्बर १० तारिकदेखि फुसबुक पेजमा कुनै सामाग्री पोष्ट नभएको र गतसोमबार राती आपत्तीजनक पोष्टहरु भेटिएपछि फेसबुकलाई जानकारी गराइएको छ । उनले भने, ‘तर अहिलेसम्म फेसबुकले जानकारी दिएको छैन ।’

मंगलबार देखि भने सासंद सिलवालको फेसबुक पेज खोल्न नमिल्ने भएको छ । ‘केही गलत सन्देस समेत फेसबुक पेजमा राखिएका छन्’ न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस्