Logo

ललितपुरका खानी, क्रसरको रेखरेख जनप्रतिनिधिलाई

फाइल तस्विर

ललितपुर खबर संवाददाता
१० मंसिर ०७७, चापागाँउ । गत मंसिर ४ गते ललितपुर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको अध्यक्षतामा खानीजन्य पदार्थको व्यवस्थापन गर्ने भन्दै जनप्रतिनिधिको बैठकपछिका निर्णय बाहिरिए लगत्तै क्रसर र खानी व्यवसायीहरुमा भुकम्प नै आएको छ ।
व्यावसायीहरुले कानूनको उलंघन गरेर सञ्चालन गरिरहेको खानी तथा क्रसरको नियमन अव जनप्रतिनिधि र कर्मचारीतन्त्रले गर्ने भएपछि व्यावसायीहरु तर्सेका हुन् ।
प्रमुख जिल्ला अधिकारी भट्टसंगै ललितपुरका तीनै जना संघीय सासंदहरु प्रहरी तथा यहाँ रहेका नेपाल आर्मीका प्रमुखहरु सम्बन्धित कार्यालयका उच्च पदस्त कर्मचारीहरुको बैठकले ३ बटा निर्णय गरेको थियो । ती निर्णयहरुसँगै नियमनका लागि कार्यदल गठन गरिएको छ ।
निर्णय अनुसार खानीविभागबाट स्वीकृती प्राप्त गरि खानी संचालन भए नभएको शुष्म अध्ययनका लागि एक कार्यदल गठन गरिएको छ । जसले खानीको क्षेत्र तोकेर सिंमांकन गर्नेछ ।
कार्यदलका संयोजकमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती छन् । लपु नापी प्रमुख विष्णुराज जोशी, खानी विभागका माइनिङ्ग इन्जिनियर रामानन्द प्रसाद चौधरी र डिभिजन वन कार्यालयकी प्रेमा थापा समेत सदस्य छिन् ।
खानीबाट विक्रि वितरणका लागि के कति परिणाम निकासी भएको हो परिणाम जाँच गर्न पनि अर्को कार्यदल गठन गरिएको छ ।
जसको संयोजक पनि गोदावरी नगरका प्रमु प्रसासकीय अधिकृत वीरेन्द्रदेव भारती नै छन् ।
बैठकले निकासी खानीजन्य पदार्थ नख्खु करिडोर र ढुकुछापस्थित वागमती करिडोरको सडक प्रयोग गर्नु पर्ने निर्णय समेत गरेको छ । ललितपुर भित्रैका विकाश तथा नीजि प्रयोजनका लागि भने वडा कार्यालयको सिफरिसमा ढुवानी गर्ने प्रावधान राखिएको छ ।
मौज्दात राखेर विक्रि गर्ने सम्बन्धमा डिभिजन वन कार्यालयका डिवअ नवीन गिरीको संयोजकत्वको अर्को कार्यदल बनाइएको छ ।
मंसिर ४ गते निर्णय गरिएको भए पनि मंगलबारसम्म सार्वजनिक गरिएको थिएन । मंगलबार चापागाँउ सडकबाटै टिपर गुडाउन दिन माग गर्दै एकाविहानै प्रदेश सासंद चेतनाथ सञ्जेल र गोदावरी नगरपालिका कार्यालयमा टिपर व्यावसायीहरुले टिपर तेर्साएर प्रर्दशनमा उत्रेपछि जनप्रतिनिधिले बैठकको निर्णय खुलासा गरेका थिए ।

गोदावरी नगरपालिकामा व्यावसायीहरुका प्रतिनिधि र मेयर गजेन्द्र महर्जनसँगको छलफलमा प्रमुख जिल्ला अधिकारीसँग व्यावसायीले आफ्नो अपठ्रो राख्न सुझाव दिएको बताएका छन् ।
गोदावरी नगर ढुवानी संघका अध्यक्ष निरज श्रेष्ठले जिल्ला प्रसासन कार्यालयमा व्यावसायीहरुको अप्ठ्याराबारे उल्येख गरेर निवेदन दर्ता गरेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले व्यावसायीहरुको निवेदन दर्ता भएको पुष्टि गर्दै भने, यो निर्णय प्रमुख जिल्ला अधिकारी एक्लैले निर्णय नगरेको बताए । ‘व्यावसाय व्यवस्थित गर्न खोजिएको हो’ बस्नेतले भनेका छन् ।
चापागाँउ ठेचो र सुनाकोठीको साधुरो बाटोमा दैनिक हजारौंको संख्यामा टिपर चलाएर ट्राफिक जाम गराएको धुलो धुवामा बस्न बाध्य बनाएको भन्दै स्थानीयबासी निरन्तर आक्रोस पोखी रहेका छन् ।
गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जन लामो लक डाउनपछि थला परेका व्यावसायी र दैनिक जीवनमा सास्ती खेप्न बाध्य स्थानीय बासीन्दालाई अप्ठ्योरो नपर्ने गरी बीचको बाटा अवलम्बन गर्नु पर्ने तर्क गरेका छन् ।
ढुवानी व्यावसायी संघका अध्यक्ष निरज श्रेष्ठ भने आफूहरु जनप्रतिनिधिहरुले गरेको कठोर निर्णय पालना गर्न नसक्ने भन्दै टिपर प्रशासनलाई बुझाउन ल्याएको बताउछन् ।
चापागाँउका स्थानीय रमेश घिमिरेले टिपरका कारण धुलो उड्दा सडक वरिपरि बस्न नसकिने अवस्था रहेको बताए । उनले भने, ‘एक बर्षअघि गरिएको कालोपत्र समेत टिपरले भत्काइसकेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्