Logo

‘सरकार नै वेवास्ता गर्दैछ बडिखेलको हस्तकला’


ललितपुर खबर
२० मंसिर ०७७, बडिखेल, ललितपुर । राजधानीको दक्षिणी कुना गोदावरी नजिकै एउटा रमाइलो बस्ती छ– बडिखेल । यही बडिखेलमा पहरी जातीको बाक्लो बस्ती छ ।
यो रमाइलो बस्तीमा बासका कलात्मक सामान बन्छन् । यहाँका सयौं पहरी समुदाय डोको, ढालो नाङ्लो बुनेर जीवन गुजारा गरिरहेका छन् ।


बढ्दो शहरीकरणबारे बेखवर छ यो बस्ती । आधुनिक जीवनशैलीले बस्तीलाई छोएको छैन । सामान्य जीवन पद्धती अपनाउने यी गाँउले बेला बखत शहरमा ढोका नाङ्लो बोकेर शहर डुल्छन् ।
ललितपुर बडिखेलका रामलाल नगरकोटीको दिन बाँस र निकालोसँगै खेल्दै बित्छ । १३ को कलिलो उमेरदेखि बाँसको कप्टेरा समाउन थालेका नगरकोटी आजसम्म हजारौं फर्निचरका सामान बनाइसके ।
उनी डालो, नाङ्लो,कुर्सी, टेवुल,दराज र सोफालगायत सबै किसिमको चोयाबाट बन्ने हस्तकलाका सामान बनाउन जान्ने उनी बताउछन् । उनी भन्छन्, बडिखेलमा फर्निचर बनाउन जान्ने अरु छैनन् ।
रामलाल मात्रै होइन बडिखेलमा ३ सयको हाराहारीमा बाँसका हस्तकलाका सामान बनाउने पहरी जातीको बसोबास रहेको गोदावरी ४ का वडाध्यक्ष मुकुन्द पहरी बताउछन् ।

वडाध्यष मुकुन्द पहरी ।

‘कोपडोल, पाटनढोका, लुभुलगायत स्थानीय बजारमा यी चोयाका हस्तकलाका सामान विक्छ । कतिपय मान्छे हाम्रो घरमै आएर छानी छानी लग्छन् ।’ रामलाल भन्छन् ।
बढ्दो बेरोजगारी र छिटो सिक्ने सकिने कारण प्रतिश्पर्धा बढ्दो छ । बैंकले ऋण दिन नमान्दा व्यावसाय गर्न गाह्रो हुने गरेको नगरकोटी बताउछन् ।


गोदावरी नगरको ४ बडिखेलमा १२ सय घर धुरीमध्ये ७ सय घर पहरी समुदायको रहेको वडाध्यक्ष मुकुन्द पहरीको भनाई छ । ती मध्ये ४० प्रतिशत पहरी समुदायले चोयाको काम गर्छन् ।
यी हस्तकलाका सामानको बजारीकरणका लागि नगरपालिकाबाट कुनै पहल नभएको वडाध्यक्ष पहरी आफै स्वीर्काछन् । उनी भन्छन्, ‘अहिलेसम्म स्थानीय बजारमा खपत भइरहेको छ ।’


हरेक वर्ष झैं सदरमुकाम पाटनमा हस्तकला मेला हुन्छ । तर शहरको यो कुनाको बस्ती प्रर्दशनीबारे अनविज्ञ छ । न त प्रर्दशनी गरेर कुनै फाइदा बेफाइदाको हिसाव नै यो बस्तीले राखेको छ ।
यस बर्ष प्रदेश सरकारलाई यी कस्तकालाका सामानको प्रर्बद्धनका लागि योजना पेश गरेको पहरी बताउँछन् । सरकारले यस्ता सरसामानलाई प्रर्वद्धन गर्न चासो नदेखाएको उनको गुनासो छ । नगरपालिकामा स्थानीय हस्तकलाको सामानलाई प्रबद्र्धन गर्नका लागि आफूले पहल गरेको भए पनि नगरपालिकाबाट खासै सहयोग नभएको उनी दुखेसो पोख्छन् । उनी भन्छन्, ‘बर्षको २÷४ लाख बजेटले के नै हुन्छ र ?’


स्थानीय व्यावसायीहरु व्यावसायलाई विस्तार गर्न ऋण नपाउदा अप्ठयारो परेको बताउँछन् । घरेलु कार्यालयमा दर्ता भएका व्यावसायलाई बैकले ऋण नपत्याउने कारण काम गर्न गाह्रो भएको रामलाले गुनासो गरे ।
वडाध्यक्ष पहरी भने विभिन्न समूह बनाएर सहकारीबाट ऋण लिने व्यावसायहरु धेरै रहेको बताए । ‘ऋण लिन कुनै अप्ठ्यारो छैन ।’ रामलाल नगरकोटी भने सहकारीको चर्को व्याज तिरेर यो काम गर्न नसकिने बताउछन् । उनी भन्छन्,उसै त बढ्दो प्रतिश्पर्धासँगै व्यावसायबाट पलायन हुने क्रम बढ्दो छ । ऋण लिए त हामी डुव्छौं ।
स्थानीय पहरी समुदाय यो काममा गर्न रमाइलो मान्ने गरेको स्थानीय कृष्ण पहरी बताउछन् । ‘अरु शिप छैन । त्यसैले यो मेरो बाध्यता पनि हो’ उनी भन्छन् ।


आफ्ना वावु बाजेले गरेको यो पुर्खौंली पेशा छोड्न नसकेर अहिलेसम्म यो काम गरिरहेको पहरी बताउछन् ।
आफूहरु आफ्नो परम्परागत कला र संस्कृती बचाउन चाहेको पहरी बताउछन्, उनी भन्छन्, ‘तर के गर्नु सरकार नै वेवास्ता गर्दैछ बडिखेलको हस्तकला ।’

प्रतिक्रिया दिनुहोस्