Logo

गोटिखेलको कोशेली ‘शुद्ध खुवा’

कालेश्वर सिसौनमा खुवा बनाउदै रामलाल स्याङ्गतान । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर
१ पुस ०७७, गोटिखेल । ‘शुद्ध दुध खान पाडो भएर जन्मनु पर्छ ।’ एक्काइसौं शताव्दीको उखान हो यो । यसैबाट बुझ्न सकिन्छ । आजकल शुद्ध भन्ने केही पाइदैन ।
तर दक्षिण ललितपुरको गोटिखेलमा शुद्ध दुधबाट बनेको मिठो खुवा पाइन्छ ।
गोटिखेलस्थित वैर्तर्णी आर्गानिक खुवा कम्पनीका संचालक सोनाम आफ्नो कारखानामा शुद्ध खुवा पाइने बताउछन् । भन्छन्, ‘हामी खुवा खुद्रा बेच्छौं । त्यो पनि शुद्ध ।’
सामुन्नेमा रहेको वैर्तर्णी धामका श्रद्धालु उनका ग्राहक हुन् । सोनाम भन्छन्, ‘धेरैले वैर्तणी धामको प्रसादको रुपमा लैजाने धेरै छन् ।’
पछिल्लो समय पर्यटकीय चहलपहल बढेसँगै गोटिखेलको खुवा कोशेलीको रुपमा लैजाने प्रचलन बढ्दो छ ।
गोटिखेलमा मात्रै होइन कालेश्वर मन्दिरको प्रवेशद्वार सिसौनस्थित रामलाल स्याङ्गतानको खुवा कारखानामा पनि खुवा किन्न बारम्बार आगन्तुक आउँछन् । स्याङ्गतान भन्छन्, ‘कालेश्वर मन्दिरमा आउने पाहुना खुवा लिन आउछन् ।’

गोटिखेलमा बनेको शुद्ध खुवा ।

पछिल्लो समय सिसौनमा होमस्टे खुलेसँगै खुवा किन्नेको संख्या बढेको रामलाल बताउछन् ।
सिनौनसम्म गाडी चल्न थालेपछि खुवा विक्ने क्रम बढेको रामलालको बुझाई छ । भन्छन्, ‘यहाँको कोशेली भनेकै शुद्ध खुवा हो ।’
दक्षिण ललितपुरको गोटिखेल आसपास २० बर्षअघि खुवाको कारोबार ज्यादै थियो । चन्दनपुर गोटिखेलकालेश्वर ठूला दुर्लुङ्गलगायतका गाँउमा खुवा बनाउने सयौं घर थिए ।
गोटिखेलका सोनाम गोले भन्छन्,‘त्यसताका बाध्यता थियो, दुध विक्दैनथ्यो । अहिले हामी आम्दानीको रहरमा खुवा बनाई रहेका छौं ।’
गोलेका अनुसार अहिले खुवा बनाउने विधि भने फरक छ । उ बेला घरघरमा खुवा बन्थ्यो ठेकेदारले बेच्थ्यो । अहिले व्यावसायिक रुपमा कारखानामा बनाइन्छ ।
ललितपुरको गोटिखेल बजारमा खुवा कारखाना चलारहेका सोनाम गोलेका अनुसार खुवा कारखाना चलाएर राम्रै आन्दानी छ । भन्छन् ‘ मासिक कम्तिमा ५० हजार हुन्छ । लकडाउनअघि महिनाको १ लाख कमाई हुन्थ्यो ।’
४ बर्षदेखि खुवा कारखाना चलाइरहेका सोनाम पैसा कमाउन विदेश जानु नपर्ने बताउछन् । भन्छन्, ‘अलि खटिनुपर्छ । कमाई यही हुन्छ ।’
कालेश्वर सिसौनका पनि गाँउमै कारखानामा खुवा बनाउछन् । स्थानीय बजारमा उनको खुवाको माग बढ्दै गइरहेका छ । यहाँको सोनामले कारखाना स्थानीय निकायमा कारखाना दर्ता गरेका छन् । कर कार्यालयमा कर तिर्छन् । लकडाउनअघिसम्म २ जनालाई रोजगारी दिएका थिए । अप्रत्यक्ष रुपमा धेरैले रोजगारी पाएका छन् ।खुवा बनाउन दाउराको भने समस्या छ । उनी भन्छन्, ‘सामुदायिक वनमा कर तिरेर दाउरा किन्छौं ।’ उनी खुवासँगै पुष्टकारी पनि नियमित रुपमा बनाइ रहेका छन् ।

माँहाकाल गाउपालिकाकी उपाध्यक्ष कमला तामाङ्ग लामाका अनुसार गोटिखेल आसपास १० वटा खुवा कारखाना संचालनमा रहेको छ ।
यस वर्ष खुवा,ग्रीन टि,चिया र कफीको प्रर्बद्धनका लागि महाकाल गाँउपालिकाले २० लाख विनियोजन गरेको उपाध्यक्ष लामाले जानकारी दिइन् । उनले भनिन्,‘उपाध्यक्ष उद्यमशीलता कार्यक्रम अन्र्तगत खुवालाई प्रबद्र्धनका लागि हामी काम गर्दैछौं । ५ वटै वडामा खुवा, पुष्टकारी,ललिपपको प्रर्वद्धनका लागि खर्च हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्