Logo

झिलिमिलि बत्तीले सझिएको लभिम मल(तस्विरहरु)


ललितपुर खबर
२० पुस ०७७, पुल्चोक । कोरोना संकटपछि राजधानीका बजार तङग्रने तरखरमा छन् । विस्तारै चहलपहल बढ्दो छ । शुन्यमा झरेको व्यापारको ग्राफ पनि उसै गरी बढ्दो छ ।
लामो समयको घाटापछि नाफा बटुल्न व्यावसायीहरु अनेकौं हतकण्डा अपनाइरहेका छन् । धेरैजसो पसल व्यावसायहरु एकाविहानै खुल्ने र राती अबेर बन्द हुने गरेको देख्न सकिन्छ ।
राजधानीका प्राइम लोकेशनका कतिपय पसलहरु बन्द भए । लामो समयसम्म सटरमा टु लेट लेखिएको बोर्ड झुण्डियो । फेरि नयाँ व्यापार गर्न व्यापारीको आगमन भइरहेको छ ।
मध्य शहरमा खुलेका डिपार्टमेन्ट स्टोरको व्याथा पनि कम छैन । कतिपय पसल बन्द भए धेरै जेनतेन चल्दै छन् ।
डिर्पाटमेन्ट स्टोर टिकाउन व्यावसायीले ग्राहक तान्न अनेकौं उपाय लगाएका छन् । स्टोरको गेटमा गार्डलाई सेनिटाइजर थमाएर बाड्न लगाएका छन् । ज्योरो नाप्ने तन्त्र ज्वरो नाप्नेदेखि मास्क फ्रिमा बाड्नेसम्म गरेका छन् ।


उसो त राजधानीका डिपार्टमेन्ट स्टोरको तामझाम बयान गरि नसक्नु छ । स्टोरैपिच्छे नयाँ नयाँ सझावटका समान राखिएको देखिन्छ ।
ललितपुर पुल्चोकस्थित लभिम मलमा साँझ छिर्ने हो भने रमाइलो बातावरण भेट्न सकिन्छ । जताततै झिलिभिलि, उज्यालो र रमाइलो ।
ग्राहक तान्न क्रिसमसको सझावट अझैं झिकिएको छैन । हेरौं केही तस्विरहरु ः

प्रतिक्रिया दिनुहोस्