Logo

बढ्यो सुनको भाउ


२८ पुस ०७७, काठमाडौं । सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँले बढेको छ । सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा झरेको सुनको भाउ मंगलबार ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुनको भाउ तोलमा ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय पुगेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्