Logo

काठमाडौंको मनमैजुमा बाघको छालासहित एक पक्राउ


२९ पुस ०७७,मनमैजु । तारकेश्वर नगरपालिका ९ मनमैजुबाट करिब ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको दुर्लभ बन्यजन्तु बाघको १ थान छाला सहित सोही ठाउँ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका २ घर भएका ५३ वर्षीय बृस राज घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यस क्षेत्रमा प्रतिबन्धित दुर्लभ बाघको छाला अबैध रुपमा किनबेच गर्नको लागि लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राज घलेको कोठाबाट त्यस बाघको छाला फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार, काठमाडौं पठाईएको महाशाखाले बताएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
भिमदत्त नगरपालिका १८ स्थित ५ नम्बर गल्लीबाट १४ ग्राम ४ सय २० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँ बस्ने बैतडी दशरथ चन्द नगरपालिका ४ घर भएका २५ वर्षीय नरेश दमाईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नरेशलाई यस परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर बेदकोट नगरपालिका ७ लालपुरस्थित सडकबाट ३ ग्राम २ सय ४० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ९ बस्ेम ३० वर्षीय भीम बहादुर बिष्ट र २७ वर्षीय हिक्मत देउवा रहेका छन् । म.१ ह १२४३ नम्बरको अटोलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई त्यस पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
मृत अवस्थामा फेला
कास्की, पोखरा महानगरपालिका १९ लामाचौरस्थित खेत भन्ने स्थानमा रहेको फर्निचर उद्योगमा काम गर्ने गोरखा शहिद लखन नगरपालिका ६ घर भएका ३२ वर्षीय सुरेश कोइराला उद्योगभित्र कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, बिराटनगर महानगरपालिका १८ भेडियारी खोक्साहास्थित सडकमा पिबि ०९ एक्स २९६४ नम्बरको ट्रकमा सोही ट्रकका चालक भारत लुधियाना पंजाब घर भएका ५० वर्षीय मो. नुरखान बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
आगलागीमा परेर २ बालकको मृत्यु
नरहरीनाथ गाउँपालिका ७ दुध्यौलि बस्ने २९ वर्षीय भैरे बटालाको घरमा बुधबार बिहान आगलागी हुँदा आगलागीमा परी उनका छोराहरू १२ वर्षीय गणेश बटाला र ९ वर्षीय मन बहादुर बटालाको जलेर मृत्यु भएको छ । साथै सोही आगलागीमा परी घाइते भएका ४ वर्षीय खगेन्द्र बटालाको कुमालगाउँ स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
यस सम्बन्धमा प्रहरीले उद्दार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्