Logo

काठमाडौं घर भएका युवककाे लन्डनमा हत्या


२९ पुस ०७७, काठमाडौं । काठमाडौं घर भई हाल लन्डन रहेका एक नेपाली युवकको हत्या भएको छ। आईतबार राति काम सकेर घर फर्किने क्रममा लन्डनको इस्टकोट स्टेशन बाहिर विक्रम केसीको हत्या भएको हो।
प्रहरीका अनुसार सामान्य झगडामा कुटपिटबाट केसीको मृत्यु भएको हो। घटनापछि कुटपिटमा संलग्न एक जना २१ बर्षीय युवकलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

लण्डनको एउटा रेस्टुरेन्टमा सेफको रूपमा कार्यरत मृतक केसी र उक्त युवकबिचको वादविवादले कुटपिटको रूप लिँदा घटना घटेको बताईएको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको जानकारी दिँदै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौं घर भएका मृतक केसी श्रीमतीसँगै १४ वर्षदेखि बेलायत बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्