Logo

ललितपुरको गिम्दीबाट एक पुरुष वलात्कारको आरोपमा पक्राउ

ललितपुरको गिम्दी गाँउ । फाइल तस्विर ः ललितपुर खबर

१ माघ ०७७,चापागाँउ । दक्षिण ललितपुरबाट एक पुरुष वलात्कारको आरोपमा पक्राउ परेका छन् । बाग्मती गाउँपालिका ७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । आश्राङ्ग प्रहरी श्रोतका अनुसार उनलाई पक्राउ पछि महानगरिय प्रहरी बृत्त चापागाउ लगिएको छ । चापागाँउ प्रहरी श्रोतका अनुसार आरोपितत सापकोटालाई पक्राउपछि यहाँ राखिएको पुष्टि गरेका छन् ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । सापकोटाले मंगलबार राति ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बतााइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ललितपुर खबरलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्