Logo

प्रविधि प्रयोग गर्दै लेलेका ईटा भट्टा

ज्ञान र्इंटा भट्टाबाट कम प्रदुषित सेतो धुँवा ।

ललितपुर खबर
२ माघ ०७७, लेले । नयाँ प्रविधि प्रयोग गरेर संचालनमा आएका ललितपुर लेलेका इटा भट्टामा बस्तीमा संचालित छन्।
ललितपुर लेलेमा संचालनमा ल्याइएका ज्ञान ईटा भट्टाहरुमा वाटर प्युरिफाइङ् प्रविधि जडान गरिएको भट्टाका संचालक ज्ञानलाल डंगोलले बताए । उनले भने,‘हामीले इटा पोल्ने भट्टा नजिकै पानीको पोखरी बनाएर पानीमा धुवाँ छानेर पठाउने हुँदा धुलोको कण पानीमा मिसिन्छ अनि प्रदुषण हुदैन ।’
भट्टाबाट निस्केको धुवाँ सेतो रंगको हुने डंगोलले बताए । भने,‘धुँवा पानीमा छानिएपछि प्रधुषणका तत्व पानीमा मिसिन्छ । त्यसैले धुवा सेतो भएको हो ।’
ललितपुरको ठैवमा संचालनमा ल्याइएको एक भट्टाको प्रविधिलाई केही बदलेर आफूले यो प्रविधि निर्माण गरेको डंगोल बताउछन् । भन्छन्, पानीमा धुवालाई पठाउन पंखा लगाएर फोर्स दिन्छौं त्यसपछि धुलोका कण पानीमा पखालिएर धुँवा बाहिर निस्कन्छ ।

पानीमा छानिएको प्रदुषित धुलो लेदोको रुपमा निस्किएपछि देखाउदै भट्टा संचालक ज्ञानलाल डंगोल ।

यो प्रविधि भित्राउन उनलाई सागर महर्जनले सहयोग गरेका हुन् ।
यो प्रविधिबाट भट्टा संचालन गर्दा स्थानीयबासीहरुले प्रदुषण भएको विरोधको स्वर नसुनिएको डंगोल बताउछन् । भन्छन्, ‘१८ बर्षदेखि लेलेमा इट्टा भट्टा संचालन भए पनि विरोध गरेको सुनेका छैनौं । पछाडि के भन्छन् थाहा छैन ।’
प्रधुषणकै कारण स्थानीय निकायले केही अवरोध नगरेको डंगोलको भनाई छ ।
ज्ञान इटा भट्टामा स्थानीय बासीलाई रोजगारीसँगै ईटाको कारोबारमा छुट दिने गरेकोले पनि स्थानीयबासिन्दालाई यो कारखाना संचालन गर्दा फाइदा पुगेको डंगोल बताउछन् । उनी भन्छन्, ‘हामीले यहाँ करिव २ सय जनालाई रोजगारी दिएका छौं ।’
लेलेमा नै संचालनमा रहेको एचवि इटा भट्टामा प्रमुख देविरमण डंगोल आफूले पनि प्रदुषण कम गर्न प्रविधि प्रयोग गरिरहेको बताउछन् ।

लेलेमा संचालित एचवि ईंटा भट्टा । तस्विरहरु ः ललितपुर खबर

पछिल्लो समय जिकज्याक प्रविधि प्रयोग गरेर इटा भट्टामा कम प्रधुषण निस्कने गरेको उनी बताउछन् । भन्छन्, ‘ हामीले राखेको सेटलिङ चेम्बर राखिएको कारण प्रधुषण चिम्नीबाट निस्किदैन ।’
डंगोल आफू स्थानीय रहेकोले पनि काम गर्न सजिलो भएको बताउछन् । भन्छन्, ‘मैले यहाँका घरहरुलाई सस्तोमा इटा दिएको छु । त्यसैले सबैले सहयोग गर्छन् । ’
निर्माण व्यावसायीहरुप्रति सबैको गिद्धे नगर परेको प्रति डंगोलको चित्त बुझेको छैन । नेपाल गरिव देश भए पनि विदेशबाट सिमेन्ट डण्डी ल्याएर भौतिक पुर्वाधार निर्माण गरिरहेको उनको बुझाई छ । ‘कम से कम हामीले इटा त देशमै उत्पादन गरिरहेका छौं । के यो पनि विदेशबाटै ल्याउनु पर्ने हो र ?’ डंगोल प्रतिप्रश्न गर्छन् ।
आफूले प्रधुषणको मापदण्ड पुरा गरेकाले स्थानीय निकायले सहयोग नै गरेको डंगोलको बुझाई छ । साथै आफूले सरकारी निकायले तोकेको मापदण्ड सधैं पुरा गरेको डंगोलले बताए ।
लकडाउनका कारण आफूले तोकेको परिमाणमा उत्पादन गर्न नसक्दा घाटा सहनु परेको उनी बताउछन् । भन्छन्, ‘पहिले बनाउन पाइएन । अहिले बेच्न ।’
गोदावरी नगरपालिकाका प्रवक्ता सिलवालले लेलेमा ज्ञान वाटर प्युरिफाइबाट इटा पोल्ने सिस्टम रहेकोले प्रधुषण नरहेको बताए । भने,‘ अर्को भट्टामा पनि प्रदुषण क मगर्ने प्रविधि छ भन्ने सुनेको छु । सबैले यही सिस्टम राखेर चलाए राम्रो हुन्थ्यो ।’
गोदावरी नगरपालिकाले नयाँ भट्टा दर्ता नगर्ने निर्णय गरेकोले यस क्षेत्रमा अव प्रदुषण नबढ्ने सिलवाल बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्