Logo

हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न


२ माघ ०७७, काठमाडौं । नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंंबाट स्वीकृति लिई गतपौष २९ गते बुधबार महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यको सभापतित्वमा सिमित संख्यामा महासंघको सचिवालयमा भेला भई भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष सागर समशेर राणाले गरेका थिए । सभामा सूचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग, सचिवश्री चन्द्रकुमार घिमिरे , वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्याकारी निर्देशक शरद बिक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंशले भर्चुअल जुमबाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


वार्षिक सभाको बन्द शत्रमा कार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तिय प्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्