Logo

ललितपुरका अधिकांश विद्यालय आजदेखि खुल्दै

टौखेलस्थित किटिनी स्कूल

४ माघ ०७७, काठमाडौं । काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सञ्चालन हुने भएको छ ।
कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सञ्चालन गर्न लागिएको हो । ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकासहित ललितपुरका पालिकाहरुले विद्यालय खोल्न अनुमती दिइसकेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुल्ने नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले बताए । काठमाडौं जिल्लामा धेरैजसो पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएका छन् भने काठमाडौं महानगरपालिकाले विद्यालय खोल्नेबारेमा आज छलफल गर्दैछ । काठमाडौं पनि यहि हप्तादेखि विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्