Logo

नेप्से साढे २८ अङ्कले वृद्धि


४ माघ ०७७, काठमाडौं । शेयर बजारले साताको पहिलो दिन २३ सय विन्दु पार गरेको छ । आइतबार २८ दशमलव ४६ अङ्कले बढेर नेप्से २३ सय १५ विन्दुमा पुगेको हो । यो अहिलेसम्मकै उच्च विन्दु हो ।
आइतबार जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ । व्यापार समूहको शेयर २ सय ३२ अङ्कले, विकास बैंक समूहको १ सय १० अङ्कले, उत्पादन समूहको ४९, माइक्रो फाइनान्सको १ सय १५, अन्यको ६०, फाइनान्सको २५, जीवन बीमाको २ सय २१ र निर्जीवन बीमा समूहको शेयर ७८ अङ्कले बढेको छ । दुई सय आठ कम्पनीका एक करोड ५० लाख ३५ हजार कित्ता शेयर ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आइतबार साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशत कमाएका छन् भने १५ वटा कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्