Logo

गोदावरीमा टिपर दुर्घटना एकको मृत्यु

फाइल तस्विर

४ माघ ०७७, विशंखुनारायण । शनिबार राती गोदावरी क्षेत्रस्थित विशंखुमामा टिपर दुर्घटना हुँदा एकको मृत्यु युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका विशंखु नजिक लट्टा भन्ज्याङ्स्थित सडकमा बा.४ ख ६२०८ नम्बरको टिपर दुर्घटना भएको हो । टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा टिपरका सहचालक काभ्रे पाँचखाल बस्ने १८ वर्षीय दिपेश मिजारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनको उद्धारपछि पाटन अस्पताल ललितपुरमा उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते टिपरका चालक काभ्रे पाँचखाल बस्ने २४ वर्षीय अजय तमाङको सोही अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्