Logo

काठमाडौंमा २ पुरुष मृत फेला (राजधानीका अपराध समाचार)


४ माघ ०७७ काठमाडौं । काठमाडौंको छुट्टा छुट्टै स्थानमा २ जना पुरष मृत फेला परेका छन् । तारकेश्वर नगरपालिका ६ धर्मस्थली डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका ७ घर भएका ४० वर्षीय लक्षण राई आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका ७ गुहेश्वरीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष पनि आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
सामाजिक सञ्जाबाट ठग्ने पक्रा
सामाजिक सञ्जाल मार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका(४ ठेगाना भएका २८ वर्षीय अजय भन्ने प्रमोद साह तेली र पर्सा बहदुरमाई नगरपालिका ८ घर भई काठमाडौं गौशाला बस्ने ३९ वर्षीय मेवालाल साह तेली रहेका छन् ।
सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाईल,घडी, ल्यापटप, क्यामेराजस्ता ईलोक्ट्रोनिक सामानहरु बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि विज्ञापन राखी विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम जम्मा गर्न लगाई रकम पाए पश्चात सम्पर्क विहिन भई सामान समेत डेलिभरी नगरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
लुटपाटपछि हत्या हत्यारा पक्राउ
लुटपाट पश्चात् हत्याका फरार योजनाकार सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका २ टिमुरे ठेगाना भएका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई काभ्रे धुलीखेल नगरपालिका १ मयुरपार्कबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत असोज २१ गते रामेछाप सोनापती गाउँपालिका ३ कामा घर भएका भक्तपुर चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र बहादुर योञ्जन (लामा) लाई लुटपाट पछि हत्या गरेको घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले सोनामलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त जगाती पठाइएको छ ।
चन्द्र बहादुरको पसलमा सोही दिन आएका दुई जना व्यक्तिहरुले वियर सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई चन्द्र बहादुरलाई जग्गा हेर्न भनी पसल भन्दा करिब १ किमी पर विडोलफाँटस्थित धानखेतमा लगी कुटपिट गरी उनको सुनको ब्रासलेट तथा मोबाइल समेत लुटी कर्तव्य गरी फरार भएका थिए । चन्द्र बहादुरको उपचारको क्रममा ग्रीन सिटी अस्पताल बसुन्धरामा मृत्यु भएको थियो ।
यस घटना पश्चात अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न भएका व्यक्तिहरु मध्ये कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई यस अघि नै असोज २६ गते महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त जगाती पठाएकोमा उनीहरू भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा रहेको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्