Logo

पाटनका कलात्मक पर्खाल (तस्विरहरु)


ललितपुर खबर
५ माघ ०७७, पाटन । राजधानी काठमाडौंको ऐतिहासिक पुरातात्विक शहर पाटन । यहाँका गल्ली चाहार्ने जो कोहीलाई मल्लकालीन शहर घुमिरहेको आभास हुन्छ ।


काष्ठकला, धातुकला र पस्तरकलाले भरिएका यहाँका मन्दिर दरवार र घरहरुमा आजपर्यन्त जीवन्त कला भेट्न सकिन्छ । शताव्दिऔं पुराना मन्दिर मात्रै होइन यहाँका कतिपय घरहरु सय वर्ष अघिका हुन् ।


पाटनमा यस्ता परम्परागत कला पनि जो हामीले हिड्दा डुल्दा देख्छौं तर भेउ पाइरहेका हुँदैनौं । ति हुन् परम्परागत चित्रकला । जुन आजकल पाटनका धेरै गल्लीमा कोरोएका छन् ।
नेवार समुदायले आफ्नो ढोकामा बोद्ध परम्परामा आधारित चित्रहरु कोरिएको यदाकदा देखिए पनि केह िबर्षअघिसम्म यस्ता चित्र भेटिदैनथिए ।


पाटनका भित्तामा कतिपय चित्र धार्मिक सास्कृतिक भन्दा भिन्न चित्र पनि देख्न पाइन्छ ।
तस्विरहरु ः ललितपुर खबर

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्