Logo

लेले फैडोल बस्ने धामी चोरीको अभियोगमा पक्राउ


८ माघ ०७७, भक्तपुर । ललितपुर गोदावरी नगरपालिका ६ लेले फैडोल डेरा गरी बस्ने रामेछाप मन्थली घर भएका सा३० वर्षीय राजकुमार धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका १ सल्लाघारी चोङ्गा गणेश मोडस्थित भिमेश्वर मःम सेन्टरबाट नगद १ लाख ७० हजार रुपैयाँ चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरिउको हो । माघ ३ गते बेलुका दधिकोट डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका ८ घर भएका ३१ वर्षीय शंखर खत्रीको मःम सेन्टरमा कोठा भाडा तिर्न घर्रामा राखेको उक्त नगद चोरी फरार भएको थिए । नगद चारी भउको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न धामीलाई पक्राउ गरेको हो । साथै उनको साथबाट नगद ३० हजार रुपैयाँ, १ थान इलुसन लेखेको वूफर सेट, १ थान दुई तोला चाँदीको ब्रासलेट, १ थान आधी तोला सुनको तिलहरी र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । उनको स्थायी घर मेछाप मन्थली घर रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।
धामीको अनुसन्धानका विषयमा जिल्ला अदालत भक्तपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्