Logo

प्रदुषणको चपेटामा नख्खु खोला


ललितपुर खबर
९ माघ ०७७, नख्खु ललितपुर । राजधानीको वागमती र विष्णुमति, टुकुचा र धोविखोलाजस्ता नदि प्रदुषणका कारण बदनाम छन् । तर पछिल्ला दिनहरुमा राजधानीका अरु नदिहरुपनि फोहोर हुँदै गएको भेटिएकोे छ ।
दक्षिणबाट उत्तरतर्फ बग्ने दुर्लभ नदिको रुपमा परिचित राजधानीका गोदावरीसँगै नख्खु खोला पनि प्रदुषणको चपेटामा पर्न थालेका छ ।
गोदावरी खोलाको सरसफाई थालिएको छ गोदावरी खोला सरसफाई अभियान्ता बेबी राजभण्डारीक माघ १७ गते १ सय हप्ता पुग्न लागेका बताउछछिन् । भन्छिन्, सफाई अभियान चलाएपछि फोहोर फाल्ने क्रम घटेको पाइउको छ ।


। तर नख्खु खोला सफाई गर्ने यहाँको वातावरण जोगाउने चासो कसैले देखाएको छैन ।
नख्खु खोला नजिक भेटिएका दिनेश श्रेष्ठले भुकम्पपछि नख्खु खोला प्रदुषणको मारमा परेको बताउँछन् । भन्छन्, ‘भुकम्पले घर भत्काएपछि बकेको नख्खु किनारको बस्ती अहिले पनि उस्तै छ ।’
श्रेष्ठका अनुसार भुकम्पपछि बस्ने ठाँउ नहुँदा ठेचो, सुनाकोठी र बुङ्गमतीलगायतका नेवार समुदाय आफ्नो नख्खु किनारको खेतमा टहरा हालेर बसेका थिए । उनीहरु आफ्नो घर बनाएर सरेपछि टहरा भाडामा लगाए । त्यसपछि नख्खु खोला आसपास बस्ती बनेको हो । उनका अनुसार बस्ती बसेपछि यहाँ फोहोर भयो ।
स्थानीय खेत धनीले बंगुर, हाँस, कुखुरा पालेपछि फोहोर भएको अर्का एक स्थानीयले नाम नबताउने शर्तमा बताए । बंगुर पाल्दा निस्केको फोहोर सिधै खोलामा बताउँछन् । अनि किन फोहोर नहुनु उनी प्रतिप्रश्न गर्छन् ।
नख्खु खोलामा स्थलगत रिर्पोटिङ्गको क्रममा बंगुर फामबाट निस्केको फोहोर नदिमा बगिरहेको दृश्य देख्न सकिन्थ्यो ।
नख्खु खोलामा रहेको एक फममा काम गर्ने मकर कुवँर आफ्नोबाट मात्रै नभई यहाँका धेरैले फोहोर नख्खुमा बगाउने गरेको स्वीकार गर्छन् । भन्छन्, ‘हामीले खाल्टो खन्न थालेको छौं । अरुले पनि बंगुरको मल मुत्र बगाउछन् ।’
काभ्रे मंगलटार घर भएका आशिष मोक्तानले पनि नख्खु खोला किनारमा बंगुर पालेका छन् । उनी हिउँदभर फोहोर खाल्टोमा राखेर बर्षाको भेलमा बगाउने गरेको बताउछन् । उनको फम खोला किनारमा छ । बंगुरको मल मुत्र मिश्रित प्रदुषित पानी नदिमा बग्ने गरेको अनुमान गर्न कुनै कठिनाई् छैन ।
उनको फाममा हाँस पनि छन् । फोहोरमा बस्ने हाँस सधै नख्खु खोलामा हेलिएको देखिन्छ ।
नख्खु खोला किनारबाट फोहोर फ्याकेको भन्दै बेला बेलामा प्रशासन समेत नख्खु खोलामा पुग्ने गरेको स्थानीय बंगुर पालन गर्ने किसान बताउँछन् । उनीहरुका अनुसार नयाँ व्यावसायीलाई प्रशासनले कडा गरे पनि पुरानालाई छुट दिने गरेका छन् ।


ललितपुर महानगर २७ का वडाध्यक्ष वावुराजा महर्जन असार मसान्तपछि नख्खु किनारका बंगुर फाम हटाउने योजना बनाएको बताउँछन् । भन्छन्,‘हामीले पहिले नै हटाउने योजना बनाएका थियौं । कोरोना संक्रमणपछि लकडाउनका कारण हटाउन सकिएन ।’
नख्खु किनारमा बस्ती नजिक रहेको खोला किनारमा यत्रतत्र फोहोर फ्याकेको देख्न सकिन्छ । एक स्थानीय बसिन्दाले भने, ‘बाहिरबाट आएका मान्छेलाई यहाँको कुनै माया नै छैन । भाडा तिरेको छैदै छ नि भन्दै फोहोर गर्छन् ।’
नख्खु खोलामै बस्ने रविन्द्र मगर नगरपालिकाको गाडी नख्खु खोला किनारमा फोहोर उठाउन नआउदा पनि फेहोर बढेको बताउछन् । भन्छन्, ‘भाडामा बस्ने न्यून आय भएका यहाका कोठाबासीहरु घरबेटीलाई देखाएर पन्छिने गरेका छन् ।’
नख्खु खोलाको प्रदुषण यतीमा मात्रै सिमित छैन । ललितपुर नल्लु टिकाभैरव क्षेत्रका ढुगा खानीसम्म जाने कोरिडोर भएर चल्ने टिपरले धुलो उडाउदा यहाँको वातावण विग्रदैछ ।
नख्खु खोलाको पनि उस्तै प्रदुषित छ । यहाँको पानी सधैं बर्षाको झैं देखिन्छ । खानीको माटो र क्रसरको धुलो मिसाउदा खोला धमिलो भएको यहाँका बासिन्दा बताउछन् ।
नख्खु खोलाको पानी खान योग्य त छैनन नै । नख्खु खोलाका जनजीवन पानी विना अप्ठ्रो रहेको कोरोडोरका बासिन्दा बताउछन् । विशेष गरेर पशुपालन गरेर जीवन धान्ने याहाँका परिवार प्रदुषणको चपेटामा छन् । यहाँका गाई भैसी पाल्नेहरु खोलाको पानी प्रयोग गर्न पाउदैनन् । ‘उनीहरु नजिकको खोला छोडेर टाढाको कुवा, ढुंगेधारा र खोल्चा चाहार्न बाध्य छन् ।’ एक स्थानीयले गुनासो गरे ।

नख्खु नदि किनारमामा बंगुर पालिएको देख्न सकिन्छ । यहाँ असंख्य हाँस
धेरै वटा फम रहेको

 

 

 

सुनाकोठीका वडाध्यक्षसँग कुरा गर्ने

प्रतिक्रिया दिनुहोस्